कृष्णपुर ०२ का वडा अध्यक्ष साउद भन्छन् मेरो भूमिका सधै न्यायका पक्षमा हुन्छ

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ०२ वाणी स्थित श्री गडविजुला सामुदायिक वन उपभोक्ता समुहको साल तस्करी प्रकरणमा डिभिजन वन कार्यालय महेन्द्रनगर कञ्चनपुरले सामुदायिक वनकै अध्यक्ष सहित थप एक जना नियन्त्रणमा लिईएको छ।

गत पुस १८ गते राती तीन वटा काचा सालका रुख कटानी गरि तस्करी भएको खुलासा भएको थियो जसमा अनुसन्धान जारी रहेको र तस्करको नजिकै अनुसन्धान पुगेको सब डिभिजन वन कार्यालय वाणीले जनाएको छ।

त्यस्तै तस्करी भएको स्थलमा शनिबार स्थलगत घटना बुझ्न क्रुष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद साल कटानी तस्करी मा पुगेका छन् साथै उनले सामाजिक संजालमा समेत पोष्ट गरेका छन्।

घटनाको छानवीनमा वडा कार्यालय को एकदमै सहयोग रहन्छ; तस्कर पत्ता लगाउन हामी डिभिजन वन लाई निरन्तर दबाब दिईरहेका छौ; छिटै पर्दाफास हुन्छ: वडा अध्यक्ष साउद बताउँछन्।

Facebook Comments Box