कञ्चनपुर: लालझाडी गाउँपालिकामा पालिका स्तरीय अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ। १० सय्या क्षमताको पालिका अस्पताल निर्माण पश्चात् निर्माण व्यवसायीले आज एक कार्यक्रमका बीच गाउँपालिकालाई अस्पताल हस्तान्तरण गएको छ।
लालझाडी ०३ नन्दगाउँमा निर्माण भएको अस्पताल ६ करोड ५ लाख २ हजार ६ सय ५० रुपैया लागत रहेको र राजेन्द्र रुद्रवती सिद्वनाथ जे.भि धनगढी संग ठेक्का सम्झौता भएको थियो।
आज एक कार्यक्रमका बीच निर्माण व्यवसायी कम्पनीका प्रोप्राईटर किशोर ठकुराठी ले लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना राना चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं. ०२ का अध्यक्ष आशाराम राना, वडा नं. ०३ का अध्यक्ष टिकाराम चौधरी, वडा नं. ०५ का अध्यक्ष पहल बहादुर थापा को रोहवरमा स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी लाई हस्तान्तरण गरेको छ। अब छिट्टै नै पालिका स्तरीय आधारभूत अस्पताल सञ्चालनमा आउने साथै पालिका बासीहरुलाई स्वास्थ्य सेवामा सहज हुने गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छन्।