कृष्णपुरमा १४ औ नगर सभा(विधेयक अधिवेशन) सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको १४ औं नगरसभा (विधेयक अधिवेशन) आईतवार नगर सभाका अध्यक्ष एवं नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भएको छ।

नगरसभामा कृष्णपुरका उप-मेयर द्रोपती राना, सचिब मान बहादुर के.सी, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यापालिका सदस्य लगायतको उपस्थिति रहेको थियो।

नगरसभाबाट तपशिल बमोजिमका ऐन तथा नियमावलीहरु सर्वसम्मत पारित भएका छन्।

१-वन तथा वातावरण संरक्षण ऐन,२०८०
२-संस्था दर्ता ऐन,२०८०
३-नगरपालिकाको मेलमिलाप सम्बन्धि नियमावली,२०८०
४-खानेपानी सरसफाइ तथा स्वच्छता ऐन,२०८०
५-सुरक्षित खानेपानी युक्त समुदाय घोषणा निर्देशिका
६-स्थानीय तह खानेपानी गुणस्तर अनुगमन कार्यविधि
७-स्थानीय तहला लागि खानेपानी,सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली WASH MIS मार्गदर्शन ।

त्यस्तै नगरसभाबाटै तपशिल बमोजिमका ऐन कार्यविधिहरु संशोधन सहित सर्वसम्मत पारित भएका छन् ।

१-नगर प्रहरी ऐन
२-न्यायिक समिति कार्यविधि, २०७५
३-छाडा चौपायाको नियन्त्रण तथा व्यवस्थापन निर्देशिका,२०७४
४-आन्तरिक आय(ठेक्का ) बन्दोबस्त सम्बन्धि नियमावली,२०७६
५-शिक्षा सेवा संशोधन नियमावली,२०७५
६-कृष्णपुर नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि,२०७५
७-कृष्णपुर नगरपालिका सहकारी नियमावली
८-वन ऐन,२०७८।

Facebook Comments Box