“सुचनाको हक खै अध्यक्ष ज्यु?” वडा सदस्यकै प्रश्न वडा अध्यक्षलाई…खास कुरो के हो??

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ०२ का निर्वाचित वडा सदस्य जित बहादुर चौधरीले आफ्नै वडा अध्यक्ष अर्जुन सिह साउदलाई सामाजिक सञ्जाल मार्फत सुचनाको हक खोई अध्यक्ष ज्यु? पदीय जिम्मेवारी खै अध्यक्ष ज्यु ? जवाफदेहीता खै अध्यक्ष ज्यु ? भनेर प्रश्न गरेका छन्।

मंगलबार वडा सदस्य चौधरीले आफ्नो फेसबुक एकाउन्टबाट जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यलय महेन्द्रनगर कंचनपुरको मिति २०८०/०८/२६ गते को पत्र अनुसार मुक्त कमैया सिविर खल्लागोठ मछेलि नदिमा तटबन्ध निर्माण गर्न उपभोक्ता समिति गठनका लागि आएको पत्र बारे अध्यक्ष ज्यु लाई उपभोक्ता समिति गठनका लागि सुचना प्रकासन बारे पटकपटक मौखिक, बैठकमा आग्रह गर्दा समेत मेरो आग्रह लाई अटेर गरि सूचना प्रकासन गर्न नमानेको ठेक्का बाट यो काम हुनु पर्छ भनेर प्रतिक्रिया जनाउदै आउनु भएका अध्यक्ष ज्यु लाई अबको पालोमा मुक्त कमैया खल्लागोठ बस्तिका जनतालाई वडामै ल्याएर जवाफ दिनु पर्छ कि भनेर लेखेका छन्।

वडा अध्यक्ष अर्जुन सिह साउद भने कसैको गलत मनसायलाई फाइदा हुने गरि सुटुक्क उपभोक्ता समिति बनाएर योजना कुम्ल्याउने चाहना पुरा हुन दिइदैन ।यस बिषयमा सम्बन्धित कार्यालयले नै योजना संञ्चालन हुने स्थान स्पष्ट नगरेकाले जलस्रोत तथा सिचाई विकास डिभिजनका प्राविधिकलाई आज नै स्थलगत अनुगमनका लागि खबर गरिएको छ ।

साथै यस बर्ष मछेली नदि नियन्त्रणका लागि संघ र प्रदेशदक्स बाट करोडौँको ठेक्का सम्झौता भइ फिल्डमा काम समेत सुचारु भईसकेकाले योजना डुब्लिकेसन नहोस भन्ने कुरामा वडा कार्यालय चिन्तित रहेको छ ।सम्बन्धित कार्यालयले ठेक्का प्रक्रिया गरोस् अथवा उपभोक्ता समिति गठन गरेर काम गरोस् जुन प्रक्रिया बाट भएपनि ईष्टिमेट र सम्झौता बमोजिम समयमै योजना सुचारु हुने बताएका छन्।

कृष्णपुरमा यस अघि स्वास्थ्य कर्मचारी छनौटमा अनियमित भयो भनेर वडा अध्यक्षले मेयरलाई समाजिक सञ्जाल मार्फत आरोप लगाएका थिए अहिले वडा अध्यक्षले नै काममा अवरोध गरेको, उपभोक्ता समिती बनाउनु भनेर सम्बन्धित कार्यालयबाट पत्र आउदा समेत ठेक्का लगाउन खोजेको वडा सदस्य जित बहादुर चौधरीको आरोप छ।

यी र यस्ता घटना बारम्बार जनप्रतिनिधिबाटै दोहोरिरहदा जनताले भने के आशा गर्ने भन्ने आम प्रश्न खडा भएको छ।

Facebook Comments Box