कृष्णपुरका २५ वर्षीय गोविन्द खुना; खुट्टाको संक्रमणले ५ महिनादेखी ओछ्यानमै…

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी मुक्तकमैया शिविर गल्ली नं. ८ का २५ वर्षीय गोविन्द खुना विगत ५ महिनादेखि ओछ्यानमै पल्टिरहेका छन्। उनको दाहिने खुट्टामा बैतडी मजदुरीको काम गर्ने क्रममा चोट लागेको थियो र अहिले उनको पुरै खुट्टामा संक्रमण भएर ओछ्यानमै पल्टिरहेका छन्। उपचारका क्रममा अहिले सम्म ५ लाख खर्च भईसकेको खुना बताउछन्।

उनका घरमा आमाबुबा, श्रीमती र एक छोरी छिन्। अहिले खुनाले पिडादायी जीवन बाचिरहेका छन्। खुनासंग सामान्य ड्रेसिङ गर्नसमेत पैसा छैन; भएभरको पैसा उपचारमै सकिसक्यो; उपचारका लागि जग्गा बेच्दाबेच्दै अब जग्गा पनि छैन अब उपचार कसरी गर्ने भन्ने खुना परिवारलाई चिन्ता छ। समयमै उपचार नपाए दाहिने खुट्टाको संक्रमण पुरै शरीर भर फैलिने पो हो कि भन्ने चिन्ता पनि छ खुना परिवारलाई; उपचारमा अझै खर्च हुने भएकाले आफुलाई बचाउन खुनाले सम्पुर्णमा अपिल समेत गरेका छन्।

Facebook Comments Box