कृष्णपुर: नेकपा माओवादी केन्द्र कृष्णपुर वडा न १,२ र ३ ले संयुक्त रुपमा बाणी बजारमा कोणसभा एवम् दिप प्रज्वलन गरेर २९ औ जनयुद्ध दिवस सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)कृष्णपुर न.पा.१ का अध्यक्ष जंग ब.बुढाको अध्यक्षतामा भएको थियो भने प्रमुख अथिती प्रदेश सचिवालय सदस्य अमिन प्रसाद दहित रहेका थिए।
त्यस्तै अतिथिहरुमा पार्टी प्रदेश कमिटी सदस्यहरु क्रमश : नेता नरहरी नाथ योगी, वडा न.२ का वडा अध्यक्ष एवं युवा नेता वाईसीएल केन्द्रीय सचिव अर्जुन साउद, युवा नेता दीपक खत्री (निर्माण )र नेता बलराम पन्त रहेका थिए।
अतिथिहरुमा पार्टी जिल्ला कमिटी सदस्यहरु क्रमश: वडा न.३ का वडा अध्यक्ष एवं युवा नेता खेम चौधरी, जनक राज जोशी, ईश्वर बुढा , दिल ब बोहरा, रामनाथ योगी, सुचित्र शाह, र नगर कमिटी सचीव जगदीश मल्ल रहेका थिए।

साथै माओवादी केन्द्र विभिन्न जवस/मोर्चाका पदाधिकारी र नगर /वडा का पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधि र शुभचिन्तकहरुको उपस्थितिमा सहिद परिवार आमाहरु लक्ष्मी चौधरी र जोगनी चौधरीलाइ दोसल्ला ओडाएर सम्मान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको छ।