श्री जे.वि एकेडेमीको १४ औ वार्षिकोत्सब सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा
रहेको श्री जे.वि एकेडेमीको आज १४ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरिएको छ।

वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथी कृष्णपुरका मेयर हेम राज ओझा, विशिष्ट अतिथिमा उप-मेयर द्रोपती राना लगायत स्थानिय समाजसेवी, अभिभावकहरुको उपस्थिति देखिएको थियो।

२०६६ सालमा स्थापित कृष्णपुर ०२ को जे. बि. एकेडेमीले स्थापनाको १५ औ बर्षमा प्रवेश गरेको छ। विद्यालयले अहिले माध्यमिक तह कक्षा -१२ सम्म कक्षा संचालन गरिरहेको साथै करिब १ हजार भन्दा बढी बिद्यार्थी, निकै पुर्बाधार युक्त भौतिक सुबिधाहरु भवन, फर्निचर, खानेपानी, शौचालय, खेलकुद मैदान, कम्पुटर ल्याब, यातायात, छात्रावास रहेको विद्यालयका प्रवन्ध निर्देशक जगदीश सेट्टीले बताएका छन्।

१४ औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझाले शिक्षा हासिल गरेको व्यक्ति जुनकुकै क्षेत्रमा पनि काम लाग्ने र समाजमा ठिक बेठिक छुट्याउन सक्ने भएकाले हरेक व्यक्ति शिक्षित हुन जरुरी रहेको बताएका छन्।

त्यस्तै वार्षिकोत्सव समारोहमा विद्यालयका दर्जर्नौ विद्यार्थी हरुले आ-आफ्नो प्रतिभा राखेका थिए भने विभिन्न विधामा विजेता विद्यार्थीलाई विद्यालयले सम्मान गरेको थियो।

Facebook Comments Box