कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं ४ ले मंगलबार २९ औँ जनयुद्ध दिवसको अवसरमा जनप्रतिनिधि जनता हरु लाई भेला गराएर जनयुद्ध दिवस मनाएको छ।
उक्त कार्यक्रममा कृष्णपुर नगरपालिका वाड नं ४ का वडा अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका युवा नेता धर्म बहादुर सिंहले देशमा लामो युद्ध पश्चात नयाँ व्यवस्था प्राप्त गरेको जनयुद्ध दिवसलाई हामीले निस्वार्थ भावनाले मनाउनु पर्न बताएका छन्।
सिहले,”जनयुद्ध भनेको देश परिवर्तनका लागि हाम्रा दाजुभाइ दिदीबहिनी सबैले निस्वार्थ भावनाले लडेर यो देशलाई एकात्मक राजा व्यवस्थाबाट अहिले लोकतान्त्रिक गणतन्त्र ल्याएर आम मानिसलाई स्वतन्त्रताको हक दिएको हो,त्यतिबेलाको लडाइँको युद्धमा लडेर धेरैको मृत्यु भयो,कति घाइले भए,कतिपय बेपत्ता भए यी सारा योद्धा/सपुतहरुलाई सम्झेर उहाँहरूले दिएको योगदान व्यवस्थालाई जोगाइ राख्न र अझै यो राष्ट्रलाई परिवर्तन गर्न यो दिवस लाई सम्झिनु पर्छ र जनयुद्ध दिवस मनाउनु पर्छ भनेर बताएका छन्।”