बला*त्कार गरेको आरोपमा कृष्णपुरका एक जना पक्राउ

कञ्चनपुर: मंगलबार महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर २ का ३१ वर्षिय कृष्णानन्द पन्त रहेका ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले ईलका प्रहरी कार्यालय झलारीमा दिएको जाहेरीका आधारमा मंगलबार पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताएका छ्न।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box