राजघाटको नवज्योति आ.वि को ३० औ वार्षिकोत्सब सम्पन्न; मेयर ओझाले गरे ३ कोठे भवनको उद्घाटन

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ८ राजघाट मा रहेको श्री नवज्योति आधारभूत विद्यालय को ३० औ वार्षिकोत्सब तथा अभिभावक दिवस का साथै नव निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष शालिभान वि.क को अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी कृष्णपुरका मेयर हेम राज ओझा, विशिष्ट अतिथिमा उप-मेयर द्रोपती राना, वडा नं. ८ का वडा अध्यक्ष दिनेश खडका, वडा नं. ९ का वडा अध्यक्ष कैलाश बहादुर बलायर, नेपाली काङ्ग्रेस की नेत्री तथा उद्घोषक प्रेरणा पाण्डेय, विल्ड अन नेपालका संयोजक बुद्विराम चौधरी, विद्यालयका प्र.अ युद्वराज बिष्ट, सब डिभिजन वन कार्यालय पिपरिया का प्रमुख नवीन सिह लगायतको उपस्थित रहेको थिए।

शिक्षा निशुल्क मात्रै नभई गुणस्तरीय शिक्षामा पनि कृष्णपुर नगरपालिकाले विशेष जोड दिने कृष्णपुरका नगर प्रमुख ओझाले बताएका छन्।

Facebook Comments Box