लालझाडी-५ मा व्यवसाय सचेतना तालिम सम्पन्न; महिला आत्मनिर्भर बनाउने लक्ष्य: वडा अध्यक्ष थापा

कञ्चनपुर: लालझाडी गाउँपालिका स्तरीय उपाध्यक्ष विशेष सीपमूलक कार्यक्रम तथा व्यवसाय सञ्चालन सम्बन्धि ३ दिने सचेतना तालिमको आज सम्पन्न गरिएको छ।

लालझाडी गाउँपालिका उद्यम विकास शाखाको आयोजना मा लालझाडी वडा नं ५ मा गत फागुन ३ गते सञ्चालन कार्यक्रममा २० जना महिला सहभागीता रहेको वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्। लालझाडी ५ का स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको अध्यक्ष थापाले बताए।

लालझाडी उद्यम बिकास शाखाले सञ्चालन गरेको उक्त तालिममा वडा नं ५ अन्नपूर्ण टोलका महिलाहरु सहभागी रहेका थिए। अबको केही दिनमा दुना टपरी निर्माण सम्बन्धि तालिम सञ्चालन हुने उद्यम सहकर्ता खुशीराना चौधरीले बताएका छ्न्।

समापन कार्यक्रममा वडा अध्यक्ष पहल बहादुर थापा, गाउँपालिका अध्यक्ष का स्वकीय सचिवालय प्रमुख अमर सिह धामी लगायतको उपस्थित रहेको थियो।

Facebook Comments Box