असहाय सेवामा मेयर ओझाको सक्रियता; कृष्णपुरमा एक महिनामै ३ मनोरोगीको उद्वार (कभर स्टोरी)

कञ्चनपुर: कृष्णपुरका मेयर हेम राज ओझा असहाय सेवामा निरन्तर खटिरहेका छन्। मेयरमा निर्वाचित हुनुभन्दा अगावैदेखि असहाय सेवा, समाज सेवामा निरन्तर सहयोग गर्दै आईरहेका ओझा, २०७४ मा मेयर पदको उमेदवार पनि रहे तर मेयर बन्न अलिकति मतले पराजित बने, देशमा कोरोना महामारी आयो, मान्छे आफ्ना आफन्त नजिक जान डराएका बेला मेयर ओझा प्रत्येक विरामीको उद्वारमा जुटे, कयौलाई उपचारमा सहयोग गरे, अक्सिजन सिलिन्डर सरकारले दिन नसकिरहेको बेला, हाहाकार भएको बेला ओझाले आफ्नै निजि खर्च र जोखिममा भोकभोकै असहाय सेवामा खटिएका थिए।

कयौ गरिव विपन्नलाई धनगढीमा उपचारमा सहजीकरण गरे, अस्पतालमा विरामी भेट्न गए, खानपिन र औषधिको व्यवस्था गरिदिए, रगत आवश्यक पर्नेलाई निशुल्क रगत उपलब्ध गराईदिए, मर्दापर्दा नागरिकका घरमै पुगे, हेमराजको लोकप्रियता थपियो, जनताले रुचाए र पुन २०७९ बाट मेयर पदमा निर्वाचित भए अहिले हेम राज ओझा कृष्णपुर हाकिरहेका छन्।

कृष्णपुरको नेतृत्व गरिरहेका नगर प्रमुख ओझा अहिले पनि असहाय दिनदुखी गरिव जनताको सेवा र उद्वार मै व्यस्त छन्। गत एक महिना मा मात्रै ओझाको नेतृत्वले ३ जना मनोरोगी महिलाहरुको उद्वार गरेको छ। कृष्णपुर २ बाट विष्ना जोशी, मोहना बोहरा र कृष्णपुर ३ बाट अन्जु बोहरा को उद्गार गरिएको हो। उनीहरुको उपचार कृष्णपुर नगरपालिकाले व्यहोर्ने गरि अहिले हेरचाहका लागि महिलाहरुलाई मानवसेवा आश्रम र दृष्टि फाउन्डेसनमा राखिएको छ।

अपाङ्गता भएका नागरिकलाई उपचार सल्लाह र परामर्शका लागि नगरपालिकामा कार्यरत डाक्टर दिलिप देउवा सहित आफै विरामीको घर घरमा पुगे, हुयिलचेयर हस्तान्तरण गरे, कृष्णपुर २ मुक्तकमैया शिविर बस्ने २५ वर्षीय गोविन्द खुना दाहिने खुट्टामा संक्रमण का कारण ५ महिनादेखी ओछ्यान मै थिए, मेयर ओझा खुनाको घरमै पुगेर सहयोग गर्ने बताए। हेम राज ओझा मेयरमा निर्वाचित भए पश्चात् कृष्णपुरमा स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको नगर बासी स्थानीयहरु बताउँछन्। अहिले कृष्णपुर-५ गुलरियामा २४ सै घण्टा सेवा सुचारु रहेको एम.वि.वि.एस डाक्टर सहित कृष्णपुर स्वास्थ्य चौकी सञ्चालमा छ। रेभिज विरुद्धको निशुल्क खोप कृष्णपुर स्वास्थ्य चौकी मै उपलब्ध छ। कृष्णपुर बासीलाई धनगढीमा निशुल्क रगत पाईने व्यवस्था छ। कृष्णपुरको नगर अस्पताल निर्माण हुने क्रममा छ। अझै स्वास्थ्य क्षेत्र सुधार तर्फ आफू र कृष्णपुर नगरपालिका लागिरहेको मेयर ओझा बताउछन्।

मेयर ओझा अहिलेसम्म अविवाहित छन्। एक्लो जीवन बाचिरहेका ओझा आफ्नो प्रशस्त समय समाजसेवा, नगरबासीको हितमा खर्चिरहेका छन्। बिहानैदेखी मध्यरातसम्म पनि आवश्यक परे नगर बासीको हितमा मेयर काम गर्छन्, आवश्यक परे आफै स्थलगत पुग्छन्। प्राय: मेयर ओझा असहाय गरिव जनताको पहुँच मै हुन्छन्।

मेयर ओझा भन्छन्” मलाई पैसा कमाउनु छैन, म संग मेरो पुर्खोली सम्पती प्रशस्त छ, व्यवसाय छ, स्कुल छ, म नगर बासीको सेवा गर्न मात्रै मेयर बनेको हु, नगरबासीको शिर निहुराउने काम कहिले गर्दिन, आफू नगरपालिका बाट बाहिरिदै गर्दा नगरबासी नागरिकले महसुस गर्ने गरि काम गर्नेछु”। शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता रहेको नगर प्रमुख ओझाले बताएका छन्।

Facebook Comments Box