कृष्णपुरका मेयर ओझा को रु १०० अभियानले व्यापकता पाउदै

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको श्री ग्वासी समैजी गौशालामा आउदो फागुन २७ गते देखि गौ:संरक्षणका लागि धार्मिक महोत्सव आयोजना गरिएको छ। उक्त कार्यक्रमका लागि कृष्णपुरका मेयर हेम राज ओझा को रु १०० संकलन अभियानले व्यापकता पाउदै छ। आज एक दिन मा मात्रै २ सय बढीले गौमाता रक्षार्थ अभियानका लागि सहयोग गरेको कृष्णपुर ०४ का वडा अध्यक्ष धर्म बहादुर सिहले बताएका छन्।

कृष्णपुरमा हालसम्म १५ सय गौ संरक्षण गरिएको मेयर ओझाले बताएका छन्। कञ्चनपुरमै गौ रक्षार्थ का लागि कृष्णपुरले रु १०० दान अभियान थालिएको; जिल्लामै गौ संरक्षण धार्मिक महोत्सव पहिलो पटक आयोजना हुन लागेको कम्तीमा पनि २० लाख जनाले अभियानमा सहभागी भए कञ्चनपुरकै गौमाता संरक्षण गर्न सकिने मेयर ओझाले बताएका छन्।

देशमै गौ संरक्षण जटिल बनिरहेको बेला कृष्णपुरमा उचित व्यवस्थापन गरेका छौँ। अझै दीर्घकालीन व्यवस्थापनका लागि लागिपरेका छौ; धार्मिक महोत्सव आयोजना गर्दैछौ कृष्णपुर ४ का अध्यक्ष धर्म बहादुर सिहले बताएका छन्।

धार्मिक महोत्सवमा सहभागी र सहयोगका लागि समेत अध्यक्ष सिहले अनुरोध गरेका छन्। अहिले ग्वासी समैजी गौशालामा ७०० बढी गौ संरक्षण गरिएको छ। रु १०० दान अभियानमा अहिले सामाजिक सञ्जालमा व्यापक सहभागीता देखिएको छ।

Facebook Comments Box