सनातन धर्म माथिको प्रहार रोक्न राज्यको ध्यानाकर्षण गराउँदै जय महांकाल युवा समुह

काठमाडौं : जय महाकाल युवा समुहले देशमा घटिरहेको घटनाहरूलाई लिएर बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख जितेन्द्र बस्नेत लाई ज्ञापन पत्र बुझाएका छ। २०८० माघ २९ गते HTP Khabar का संचालक समेत रहेको दिवाकर शाहले स्वर्ग जाने बाटो ईसाई धर्म हो भनेर प्रचार गरिरहेको अवस्थामा महिलालाई सोधपुछ गरि समाचार संकलन गरेका थिए। त्यही बिषयलाई लिएर अहिले उनलाई ज्यान मार्ने धम्की समेत आएको छ ।

यो धम्की आउनु भनेको सनातन माथिको प्रहार र धार्मिक हिंसा भड्काउने कार्य भएकोले संवेदनशील भई राज्यले दोषी माथि कारवाही गरिपाउँ भनि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको अध्यक्ष लिलानाथ भण्डारीले बताएका छन्।

ज्ञापन पत्रमा लेखिएका शब्दहरू यस्ता छन्:

श्रीमान प्रमुख ज्यु ,
जिल्ला प्रशासन कार्यालय काठमाडौं ।

ज्ञापन पत्र :

जय महांकाल युवा समुह एक गैरराजनितिक , गैरनाफामुलक , जनहितकारी र मुनाफारहित विशुध्द सामाजिक एवं धार्मिक र परम्पराको जगेर्ना गर्ने संस्था हो । यस संस्था सदैव मानवताको पक्षमा उभिने संस्था पनि हो । यस संस्थाले स्थापानिकालदेखि नै दिनदुखी अशक्त नागरिकहरूको सेवामा समर्पित भई भोकालाई भोजन प्यासीलाई पानी महाअभियान संचालन गर्दै आईरहेको छ । यस संस्थाले गौ संरक्षण , कृषि क्रान्ति , अपाङमैत्री कार्यक्रम संचालन , अशक्त असहाय गरिबी र टुहुरा बालबालिकाको शिक्षा , स्वास्थय र गाँस बाँसको व्यवस्था गर्दै आएको छ । साथै साप्ताहिक रूपले हरियो र सफा नेपाल निर्माण गर्ने अभिभाराले सरसफाई कार्यक्रम पनि संचालन गर्दै आएको छ । यी सबै मानव सेवा संग विशुध्द आवध्द कार्यहरू हुन् । मानव सेवा नै धर्म हो र हाम्रो धर्म नै सनातनदेखि चलिआएको धर्म हो । यी कार्यहरू नै वैदिक सनातन धर्मले सिकाएका ज्ञानहरू हुन् ।

नेपालको संविधानाले नेपाल स्वतन्त्र, अविभाज्य सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्रात्मक समाजबाद उन्मुख, संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य हो भनी परिभाषित गरेको छ।

यस धारामा धर्मनिरपेक्ष भन्नाले सनातन देखि देशको सिमा भित्र भएका सबै धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता हो भनि स्पष्ट व्यवस्था गरिएको सबैलाई थाहा नै छ ।

यस धारालाई हेर्दा ‘धर्म निरपेक्ष’ शब्दले देशमा चलि आएको धर्म संस्कृतिको संरक्षण र स्वतन्त्रता अर्थात पहिलादेखि चलिआएको परम्परालाई मान्यता दिदै आत्मसात गर्दै जानुपर्छ र उलंघन गर्न पाइदैन भन्ने हो ।

आफनो धर्म सस्कृतिको संरक्षण गर्दा, अरुको धर्म संस्कृतिको हनन वा गलत व्याख्या , अनावश्यक प्रचार-प्रसार गरेर धार्मिक एकता विखण्डन गर्न पाइदैन । समाजिक सद्भावमा खलल पुर्‍याउन पाइदैन । कुनै धर्मले प्रचार गर्दा अर्को धर्मलाई ठेस पुग्ने कार्य गर्नु हुँदैन भनी संविधानमा प्रष्ट व्यवस्था गरिएको छ । अर्थात कुनै धर्म सर्वोच्च र कुनै धर्म निच भनी भ्रम सिर्जना गर्न पाइदैन ।

जय महांकाल युवा समुह विगत समयदेखि देशमा घटिरहेका धार्मिक सामाजिक घटनाहरूलाई अध्ययन गर्दै समस्या समाधानको लागि र मानव धर्म रक्षाको लागि अहोरत्र संघर्षरहित खटिरहेको संस्था हो । यो संस्था संधै शान्त नेपाल , समृध्द नेपालको परिकल्पना गर्दछ । हरेक समस्याको समाधान छलफल र शान्ति प्रयि प्रकियाबाट हुनुपुर्दछ भन्ने मान्यता राख्दछ । धर्मका नाममा होस् वा जातका नाममा होस् युध्द धेरै देखिसकेको यो विश्व अनि यो जय महांकाल युवा समुह संधै सभ्य विकसित नेपाली समाजको परिकल्पना गर्दछ ।

पछिल्लो केहि समययता हाम्रो अध्ययनमा देशमा धर्म प्रचारका नाममा धार्मिक सद्भावमा खलल पुर्‍याउने कार्य भैरहेको कसैबाट लुकेको छैन । धर्म प्रचारको नाममा सोझा साझा नागरिकमा भ्रम पैदा गर्ने क्रम उकालो लागेको छ । संविधानले प्रत्येक नागरिकलाई वाक स्वतन्त्रता र व्यक्तीगत स्तवन्त्रता दिएको छ । कुनै व्यक्तिले के धर्म मान्ने अथवा कुन धर्मलाई आत्मसात गर्ने भन्ने विषय उसको व्यक्तिगत फैसलाको कुरा हो । तर पछिल्लो समय देशको राजधानी लगायत विभिन्न ठाउँमा भ्रामक धर्म प्रचार गर्ने, प्रचा बाड्ने संविधानले बन्देज लगाएको अवैधानिक कार्य बढेको छ । यो कार्य संविधान विपरित कार्य भईरहेको र नेपाली जनता केही प्रलोभन र उहीँ रूडिवादि परम्परामा अझै रहिरहेको यस जय महांकाल युवा समुह प्रस्ट्याउँदछ ।

यहि विषयमा केही दिन पहिले समाचार रिपोर्टिङ गर्ने क्रममा यस्ता गलत कामको ‘HTP Khabar’ का सञ्चालक समेत रहेका दिवाकर साहले समाचार सम्प्रेषण गरेको देखियो । उनले देशमा भैरहेको गलत कार्यलाई उजागर गर्ने र कानुनी राज्य निर्माणमा सहज हुने गरि गरेका उक्त विषयलाई लिएर २०८० साल माघ २९ गतेका दिन काठमाडौंमा ‘स्वर्ग जाने बाटो क्रिस्चियन धर्म हो’ भन्दै प्रचार गरिरहेका एकजना महिलालाई केही प्रश्न गरिरेहेका थिए । उनले सो रिपोर्टमा आफ्नो धर्मको प्रचार गर्दा अर्को धर्मलाइ गलत देखाउनु हुँदैन , तपाई आफ्नो धर्मको प्रचार निश्चित ठाउँमा गर्नुस, संविधानले यसलाई अपराध मानेको छ भनी बार बार भनेको श्रव्य-दृश्य (audio-video) मा प्रमाण स्वरुप प्रष्ट देख्न सकिन्छ ।

अहिले सोही विषयलाई लिएर पत्रकार साह माथि निरन्तर ज्यान मार्ने धम्की र समाजिक सञ्जालमा गाली गलौज भैरहेको देखिरहेको छ । उनलाई विभिन्न माध्यमबाट ‘तलाई स्वर्ग जानु छ’, म पुर्‍याइ दिन्छु भन्दै धम्किपुर्ण फोन तथा अभिव्यक्ति आउनुले कानुनी राज्य माथी नै प्रश्न उठेको छ र यस्तो कार्य खेद्जनक छ । अहिले समाजिक सञ्जालमा ‘हिन्दु पत्रकारको अत्याचार, हिन्दु पत्रकारले इसाई महिलालाई झुक्क्याएर जेल लगे’ जस्ता अनेकौ भ्रमपुर्ण शिर्षक राखेर दिनानुदिन भिडियो बनाई पत्रकार शाहको चरित्र हत्या गर्दै आइरहेको देखिन्छ । यो एउटा धार्मिक सामाजिक वातावरण खलल पुर्याउने कार्य देखिन्छ ।

तसर्थ जय महांकाल युवा समुह आजको दिनमा नेपालको संविधान अनुसार धार्मिक स्वतन्त्रताको हक अनुसार काम कार्य नभएको श्रीमान समक्ष जानकारी गराउँदछौं । के यो देशमा कानुन छैन ? के यो देशमा कानुन बिपरित गई भ्रम फैलाई धर्मको प्रचार गर्ने छुट छ र ? के यो देशमा परापूर्वकालदेखि चलिआएको सनातन धर्म प्रहारमा परिरहेको छ यो ठिक हो त ? पश्चिमाको धर्म नेपालमा मौलाउनु प्रचार बिना सम्भव भयो होला र ? के यो कानुन विपरित भएन र ? जस्ता प्रश्नहरु उठ्न थालेको छ । नेपालको कानुन र संविधान बमोजिम यस्ता भ्रामक कुरा फैलाउने , चरित्रहत्या गर्ने व्यक्ति, संस्था वा धर्म प्रचारक जो कोहिलाई पनि हदै सम्मको कारबाही गरि कानुनी राज्यको आभास गराउनु पर्ने राज्यको दायित्व हो । साथै अहिलेको यस परिपेक्षमा सरकारले कानुनी राज्यको आभाष गराउँदै पत्रकार साहको ज्यु-धनको सुरक्षा गर्न राज्यले पहल गर्नुपर्ने देखिन्छ ।

अनावश्यक बोल्ने,लेख्ने, प्रचार गर्ने धार्मिक सम्प्रदायिक बिखण्डन ल्याउने व्यक्ति उपर छानबिन ( आर्थिक / भौतिक / नैतिक ) गरि राज्यले तत्काल कानुनी कारबाही गरि कानुनी राज्यको आभास गराउनुहुन माग गर्दछौं ।

यस जय महांकाल युवा समुह मानव सेवा मा बिश्वास गर्ने समुह हो । कुनै जात-जाती,धर्म-संस्कृतिलाई भिन्नता न गरि एकनास सेवारुपी भावनाले प्रेरित र नेपालको मौलिक धर्म,संस्कृति,परम्परालाई संरक्षण तथा जगेर्ना गर्न प्रतिबद्ध र कटिबद्ध भएको संस्था पनि हो ।

जय महांकाल ।

केन्द्रिय अध्यक्ष
लिलानाथ भण्डारी
एवं सम्पुर्ण जय महांकाल युवा समुह परिवार ।

बोधार्थ :
१ ) सम्मानित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय , सिहंदरबार , काठमाडौं ।
२ ) गृह मन्त्रालय , सिहंदरबार , काठमाडौं ।

Facebook Comments Box