कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी मा रहेको श्री सरस्वती माध्यामिक विद्यालय का संस्थापक प्रधानाध्यापक रणध्वज गिरी को शुक्रवार एक कार्यक्रम का बीच विदाई तथा सम्मान गरिएको छ। वि.स २०४८ सालमा स्थापना भएको विद्यालय मा २०४९ साल असोज २५ गते देखि २०७० साल जेठ २१ सम्म प्रथम दरवन्दीमा प्रथम प्रधानाध्यापक रहेका थिए रणध्वज गिरी; सामान्य टिनको टहराबाट विद्यालय सुरुवात गरेका गिरी को सरस्वती मा.वि यहाँसम्म पुग्नुमा ठूलो योगदान रहेको छ।
उहाँ २०७० जेठ २२ गते देखि २०८० फागुन १७ गते सम्म सरस्वती माध्यामिक विद्यालय मा सह प्रधानाध्यापक का रुपमा कार्यरत रहनुभयो। प्रधानाध्यापक गिरीको हिजो शुक्रवार विदाई गरिएको छ। प्रधानाध्यापक गिरीको ३९ वर्षको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान रहेको छ। उहाँ हिजोबाट सेवानिबृत हुनुभएको छ।

सरस्वती मा. वि बाट पढाई गरेका विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रमा काम गरिरहेका छन्। सामुदायिक विद्यालय हरुका माझ कृष्णपुर ०२ वाणी क्षेत्रकै सरस्वती मा.वि एक स्थापित विद्यालय हो। सेवानिबृत हुनुभएका सरस्वती मा.वि का संस्थापक प्रधानाध्यापक रणध्वज गिरी संग हामीले अनुभव के कस्ता रहे भनेर कुराकानी गरेका छौँ : वि. स २०४१ सालदेखि शैक्षिक क्षेत्रमा लागेका गिरी दार्चुला जिल्लाबाट अस्थायी दरवन्दीमा शिक्षक हुनुभयो।
दार्चुला जिल्लाको तत्कालीन जनकेदार प्रा.वि (खरकडा) बाट अध्यापन सुरु गरेर दार्चुलाकै मालिकार्जुन प्रा. वि (पाती) मा ४८ भाद्र बाट स्थायी दरवन्दीमा कार्यरत हुनुभयो; त्यसपछि २०४९ असोज २५ गते देखि निरन्तर सरस्वती मा.वि मा विद्यालय प्रमुख र सह प्रमुख का रुपमा कार्यरत रहनुभयो। सुरुमा कक्षा १ को पढाई देखि सुरुवात भएको सरस्वती मा.वि मा ५५ जना विद्यार्थी रहेको प्र. अ गिरी बताउनुहुन्छ। २०४८ साल मा समाजसेवी लोक बहादुर देउवा, महेशदत्त जोशी, गजेन्द्र भण्डारी र स्व: जय बहादुर चन्द (शिक्षक) लगायतको पहलमा सुरु भएको विद्यालय; हालसम्म पुग्दा प्राविधिक शिक्षा सहित कक्षा १२ सम्मको पठनपाठन भईरहेको छ।
त्यसबेला घर नजिकैको विद्यालय सञ्चालनमा ल्याउनुपर्यो भनेर स्थानियहरु लागिपर्नु भयो; उदय मा.वि भर्खरै खुलेको थियो; वाणीका बालबालिकाहरुलाई बन्द नदीमा खोला तरेर जानुपर्ने बाध्यता थियो; पुल निर्माण भएको थिएन। त्यसपछी सरस्वती माध्यामिक विद्यालयमा पढाईको सुरुवात भयो कयौ स्थानीय बालबालिकाले शिक्षा पाएर शिक्षित भएका साथै विभिन्न क्षेत्रमा अब्बल रहेका समेत प्रधानाध्यापक गिरी बताउनुहुन्छ।
हामी सरस्वती मा.वि का पहिलो ब्याचको विद्यार्थी हौ; घर नजिकैको स्कुल सञ्चालन आयो; पढन पायौ; खुशी लाग्यो रणध्वज गिरी सरको एकदमै अतुलनीय योगदान रहेको छ सरस्वती मा.वि का पुर्व विद्यार्थी तथा नेपाली काङ्ग्रेसका कृष्णपुर ०२ का वडा सभापति युवा नेता रमेश राज भाटले बताएका छन्।
संस्थापक प्रधानाध्यापक गिरीको जन्म २०२० साल दार्चुलाको खरकडा १ मा भएको थियो।