कृष्णपुर नगरपालिका भित्रका सबै सामुदायिक मा.वि मा बाल उद्यान निर्माण हुँदै

कंचनपुर: कंचनपुरको कृष्णपुर नगरपालिका मा रहेका १३ वटै माध्यामिक विद्यालयमा बालबालिकाहरुको शिक्षा मा सुधार गर्ने यसै शैक्षिक सत्रबाट बाल उद्यान(प्ले स्टेसन) निर्माण गर्ने कृष्णपुरका नगरप्रमुख हेमराज ओझा ले बताएका छन् ।

यो संगै प्रारम्भिक बाल विकास(ई.सि.डी) बालबालिकाको सृजनात्मक क्षमता र लेखन शैलीलाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै अभ्यास पुस्तिका (वर्क बुक) तयार गरिरहेको छ। अभ्यास पुस्तिका स्वयं नगर प्रमुख ओझा आफै ले तयार गरीरहेका छन । यसै शैक्षिकसत्रबाट सो अभ्यास पुस्तिका पनि प्रयोगमा ल्याइने गरि आफुहरु लागिपरेको नगरपालिका ले जनाएको छ।

 

Facebook Comments Box