कृष्णपुरको ग्वालावारीमा अवैध रुपमा रुख कटानी; १६ गोलिया ३१५.५० क्युफिट काठ बरामद

कञ्चनपुर: कृष्णपुरमा पछिल्लो समय एकपछि अर्को सामुदायिक वन क्षेत्र भित्रै काठ तस्करी, रुख कटानी, गोलिया बरामद का घटना बढ्दै गईरहेका छन्। कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा रहेको श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूह क्षेत्र भित्र दुई सालका रुख अवैध रुपमा कटान भएको तथ्य बाहिरिएको छ। एउटा प्राकृतिक रुपले ढला पडा अवस्थाको रुख कटानी गरेको र अर्को काचो सालका रुख कटानी गरेको अवस्थामा आमखय्या खोला नजिक फेला परेको १६ गोलिया (३१५.५० क्युफिट काठ) बरामद गरिएको सव डिभिजन वन वाणीका प्रमुख हरि नारायण यादवले बताएका छन्।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय वाणीमा राखिएको छ। मंगलबार साझ विशेष सूचनाका आधारमा वाणी सव डिभिजनको टोलि सामुदायिक वन क्षेत्रमा पसेको तर राती भएकाले रुख कटानी क्षेत्र पत्ता नलागेर आज बुधबार पुन: यादव सहितको टिमद्वारा सालका रुख कटानी क्षेत्र पत्ता लगाई काठ बरामद गरिएको डिभिजन वन कार्यालयले कञ्चनपुरले बताएको छ। यो घटना संगै स्थानीय उपभोक्ताहरुमा निकै चिन्ता र चासो बढेको छ।

आज काठ बरामद गर्यो अब अबैध रुख कटानीमा संलग्न जोकोहीलाई पनि अनुसन्धान गरि वन ऐन बमोजिम कानुनी सजाय गर्ने वाणी सव डिभिजन प्रमुख यादवले बताएका छन्। ग्वालावारी सामुदायिक वनका अध्यक्ष अमर देउवा काम विशेषले काठमाडौ गएको र आफुले कार्यवाहक अध्यक्ष सम्हालेको सामुदायिक वन क्षेत्र भित्र भएको अवैध रुख कटानी को विशेष छानवीन गरिने, संलग्नलाई कानुनी दायरामा ल्याउने, आफ्नो पुरै जवाफदेहिता रहेको साथै जिम्मेवारी ढंगले अघि बढ्ने छ सामुदायिक वनका (उपाध्यक्ष) कार्यवाहक अध्यक्ष प्रकाश नाथ योगीले बताएका छन्।

कृष्णपुरमा यसरी हप्तै पिच्छे रुख कटानी हुनु, गोलिया भेटिनु निकै दु:खद भएको, वडा अध्यक्षका हैसियतले आफू स्थलगत गएरै जानकारी लिएको, दुईवटा सालका रुख फेला परेका अबैध काठमा संलग्नले रुख कटानी गरि मुडा/ठुठामा आगो लगाउने गर्ने गरेको भेटिएको समस्या न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको संलग्न तस्करलाई कानुनी दायरामा ल्याउन आफू लागिपर्ने कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।

कञ्चनपुर डिभिजन वन कार्यालयले यस घटनामा विशेष ध्यान दिनुपर्ने; तस्करको पहिचान गरि कडा कार्वाही हुनुपर्ने रास्वपा क्षेत्रीय प्रतिनिधि लक्ष्मण गिरीले बताएका छन्। कृष्णपुरमा एक पछि अर्को यसरी काठ तस्करीको घटना बढनु नराम्रो भएको दोषीलाई कानुनी कार्वाही हुनुपर्ने रास्वपाको माग रहेको रास्वपा कृष्णपुरका रास्वपा प्रमुख लक्ष्मण महराले बताएका छन्।

यस अघि कृष्णपुरकै गडविजुला सा.व र जगदम्बा मयुर सा.व बाट समेत वन कार्यालयले अवैध काठ फेला पारेको थियो। दुवै घटनामा वनकै पदाधिकारीको संलग्नता देखिएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले पदाधिकारी नियन्त्रणमा लिई कार्वाही गरेको थियो।

यस घटनालाई कृष्णपुर ०२ का स्थानीय उपभोक्ताहरुले निकै चिन्ता र चासोका हेरेका छन्। सामुदायिक वनमा भएको रुख कटानी काठ तस्करी न्यूनीकरण नियन्त्रणमा सरोकारवालाले विशेष ध्यान दिनुपर्ने स्थानीय उपभोक्ता हरुले माग राखेका छन्। ग्वालावारी सामुदायिक वन उपभोक्ता समुहको यो प्रकरणलाई ई.एन नेपाल डटकमले निरन्तर फलोअप गर्नेछ।

Facebook Comments Box