कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी को मछेली खोलामा मापदण्ड विपरीत अबैध उत्खनन गरिएको भन्दै स्थानीयहरु आन्दोलित भएका छ्न्। स्थानीयको बस्ती जोखिम निम्तिने सक्ने भन्दै आज स्थानीयहरुले विरोध गरेका छन्। जनताको जमिनबाट ४० मिटर टाढा मात्रै उत्खनन गर्नुपर्ने भएतापनी मापदण्ड विपरीत उत्खनन गरिएको भन्दै जनताले विरोध जनाएका छन्।
नगरपालिकाले यसको रोकथाम गर्नेपर्ने स्थानीयहरुको माग छ। कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिह साउदले मापदण्ड विपरीत उत्खनन हुने कार्य आपत्तिजनक भएको बताएका छन्। साथै स्थानीयको जमिन/बस्तीमा जोखिम हुनेगरी अवैध उत्खनन गर्ने नपाईने साथै जिल्ला प्रशासनको ध्यानाकर्षण गराउने समेत अध्यक्ष साउदले बताएका छ्न्।