साथी संस्थाद्वारा साईवर सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

कञ्चनपुर: शुक्रवार साथी र एन संस्थाको आयोजनामा आयोजित विद्यार्थीहरुका लागि साईवर सुरक्षा, अनलाईन हिंसा, अन्य लैङगिकतामा आधारित हिंसाको विषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। कृष्णपुर ०२ मा रहेको श्री उदय माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा साथी संस्था की प्रदेश कोडिनेटर पार्वती भण्डारी, विद्यालय का प्रधानाध्यापक बम्मन राना, साथी सस्थाका समाजिक परिचालन कृष्ण प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सामाजिक संजालमा हुनसक्ने खतरा, अपनाउनु पर्ने सावधानी का विषयमा सचेतनामुलक जानकारी दिईएको थियो। अनलाईन हिंसा बाट कसरी बच्ने, किशोरी सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो।

Facebook Comments Box