ग्वालावारी रुख कटानी प्रकरण; उपाध्यक्ष नाथ नियन्त्रणमा

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा रहेको श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समुहको रुख कटानी प्रकरणमा आज प्रारम्भिक अनुसन्धानका लागि सामुदायिक वन समुहका उपाध्यक्ष(कार्यवाहक अध्यक्ष) प्रकाश नाथ योगीलाई वनको नियन्त्रणमा राखिएको सव डिभिजन वन वाणी का प्रमुख/अनुसन्धान अधिकृत हरि नारायण यादवले बताएका छन्।

गत शुक्रवार मलाई डिभिजन वन कार्यालय कञ्चनपुरले छानबिन अनुसन्धानका लागि अनुसन्धान अधिकृतको जिम्मेवारी दियो जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छौ; ‘अदालतबाट तीन दिनको म्याद दिएको छ।’ ‘ग्वालावारी वनभित्र अवैध रुपमा भेटिएको काठ बारे अनुसन्धानका लागि आज कावा अध्यक्ष तथा उपाध्यक्षलाई हामीले नियन्त्रणमा राखेका छौँ’, थप प्रमाण जुटाएर अघि बढ्छौ: अनुसन्धान अधिकृत यादवले बताएका छन्।

विशेष सूचनाको आधारमा ग्वालावारी सामुदायिक वनमा तीन दिन अघि मात्रै सव डिभिजन वन कार्यालयको टोलीले २ साल रुख अवैध कटानी भएको १६ थान सालका गोलिया बरामद गरेको थियो। ग्वालावारी सामुदायिक वनभित्र अवैध रुपमा काटेका १६ थान सालका गोलिया अर्थात ३१५.५० क्युफिट सालको काठ कटानी गरेको अवस्था फेला परेको थियो।

Facebook Comments Box