लालझाडी-२ को भानु मा.वि मा प्राविधिक शिक्षा (सिभिल ईन्जिनियरिङ) पढाइ सञ्चालन हुँदै…स्थानीय उत्साहित

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं २ कञ्ज मा रहेको भानु मा.वि मा यस शैक्षिक सत्र बाट कक्षा ९ देखि १२ सम्म प्राबिधिक शिक्षा तर्फ सिभिल ईन्जिनियरिङ विषय को पढाइ हुने भएको छ।

लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाको अथक प्रयासका बाबजुद लालझाडीमा प्राविधिक शिक्षा विषय को पढाई हुन लागेको स्थानीय बासिन्दा बताउँछन् । अब प्राविधिक शिक्षा पढ्नका लागि महङ्गो शुल्क तिर्नुपर्ने र स्थानीय विद्यार्थीहरुले शिक्षा लिन महेन्द्रनगर धनगढी जानुपर्ने समस्या हट्ने मा पालिका प्रमुख राना विश्वस्त रहेको बताउछन् ।

प्राविधिक शिक्षा तर्फको सिभिल ईन्जिनियरिङ विषयको पढाई स्थानिय स्तरमै गुणस्तरीय शिक्षा र उत्पादनमुलक प्राविधिकहरु उत्पादन गर्न पुर्ण सहयोग रहने लालझाडी गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box