विद्यालयमा क्याप्टेन चयन गर्न कृष्णपुरको रोजी स्कुलमा निर्वाचनको अभ्यास

कञ्चनपुर: नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्ने प्रायः चुनाव हुने गर्छ। त्यस्तै कृष्णपुरको एक संस्थागत विद्यालयमा मतदान प्रक्रियाबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन्।

कृष्णपुर नगरपालिका–२ बंकमा रहेको रोजी एक्सक्लुसिभ ईङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार निर्वाचनबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ।

संसदीय निर्वाचनको झल्को दिने गरी लोकतान्त्रिक पद्धति अनुसार मतदानबाट एक वर्षको लागि विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टनेको छनोट गरेका छन्।

विद्यालयमा विद्यार्थीहरु विच क्याप्टेन चयन गर्नको लागि समय निर्धारण गरिएपनि केही पदमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको विद्यालयका प्रिन्सिपल मदन सिह भण्डारीले बताएका छन्।

शिक्षण सिकाई क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि विद्यालय क्याप्टेन, भाइस क्याप्टेन छनोट गरिएको रोजी स्कुलका
प्रिन्सिपल भण्डारीले बताएका छन्। निर्वाचनबाट कक्षा १० मा अध्ययनरत रोशन कुमार ऐरले १ सय ७६ मत प्राप्त गरी विद्यालयको क्याप्टेनमा निर्वाचित भएको विद्यालयका सह–प्रिन्सिपल पुष्कर बहादुर बमले जानकारी दिएका छन। ऐरका निकटतम प्रतिद्वन्द्वी उत्तम रोकायाले ८८ मत प्राप्त गरेका थिए।

यस्तै विद्यालयको भाइस क्याप्टेनमा आस्तिका भण्डारीले १ सय ८८ मत प्राप्त गरी विद्यालयको भाईस क्याप्टेनमा निर्वाचित भएको निर्वाचन अधिकृत दिल बहादुर महराले जनाएको छन्। भण्डारीका निकटतम प्रयिद्वन्दी शिखा चन्दले ५८ मत प्राप्त गरेका थिए।

निर्वाचनमा ८ जना विद्यार्थीहरु क्याप्टेन र भाइस क्याप्टेन पदका उम्मेदवार रहेका थिए। निर्वाचनमा कक्षा ३ देखि १० सम्मका ३ सय २७ जना विद्यार्थीहरुले मतदान गरेको विद्यालयले जनाएको छ। साथै क्याप्टेन र भाइस क्याप्टेन छनौटमा विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीले समेत मतदान गरेका थिए।

शुक्रवार विहानै देखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि चार वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो। निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरुलाई निर्वाचन अधिकृत र मतदान अधिकृत, विद्यार्थीहरुलाई उम्मेदवारको एजेन्टको रुपमा जिम्मेबारी तोकिएको थियो भने छिमेकी सामुदायिक विद्यालय(उदय मा.वि) का प्र.अ बम्मन राना र शिक्षक गजेन्द्र भण्डारीलाई परिवेक्षकको रुपमा जिम्मेवारी तोकिएको थियो।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भण्डारीले बताए।

विद्यालयले शुक्रबार मतदानपछि मतगणना गरेर निर्वाचित विद्यार्थीहरुलाई आउदो आईतवार प्रमाण पत्र सहित, बधाई तथा सपथ ग्रहण गराउने विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका प्रिन्सिपल मदन सिह भण्डारीले विद्यालयको क्याप्टेनमा निर्वाचित रोशन कुमार ऐर र भाइस क्याप्टेन आस्तिका भण्डारीलाई आइतबार सपथ ग्रहण समेत गराउने बताएका छन्।

Facebook Comments Box