कृष्णपुर नगरपालिका मा महिलाको क्षमता विकासका लागि उद्घोषण तालिम

कञ्चनपुर: कृष्णपुर नगरपालिका गुलरियाको आयोजनामा आयोजित महिला उद्घोषण तालिमको उद्घाटन गरिएको छ। कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउदको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा नगर उप-प्रमुख द्रोपती राना को प्रमुख आतिथ्य रहेको थियो। कृष्णपुर वडा नं. ०१, ०२ र ०३ का स्थानीय महिलाहरु उद्घोषण तालिम मा सहभागी भएका थिए। प्रत्येक वडाबाट १० जना महिला सहभागीता रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथी कृष्णपुर-३ का वडा अध्यक्ष खेमराज चौधरी, प्रशिक्षक उद्घोषिका प्रेरणा पाण्डेय लगायतको उपस्थिति रहेको थियो।

महिलाको क्षमता विकासका लागि उद्घोषण तालिम आयोजना गरिएको कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्। त्यस्तै महिलाले आफ्नो कुरा सबैको अगाडि बोल्न नसक्ने डराउने र उद्घोषकको उत्पादनको लागि कृष्णपुर नगरपालिकामा ९ वडामा महिला उद्घोषण तालिम संचालन गरेको प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका उप-प्रमुख द्रोपती रानाले बताएकी छिन्।

कार्यक्रममा महिला उद्घोषण तालिम प्रथम चरण वडा नं १,२,३ को वडा नं २ को सभाहलमा २०८१ जेष्ठ १४ गतेदेखि १७ गतेसम्म , दोस्रो चरण वडा नं ४,५,६ को नगरपालिकाको सभाहलमा जेष्ठ १८ गतेदेखी २१ गतेसम्म र तेस्रो चरण वडा नं ७,८,९ को वडा नं ८ को सभाहलमा जेष्ठ २२ गतेदेखी २५ गतेसम्म विहान ८ बजेदेखि संचालन हुने छ।

Facebook Comments Box