कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ कार्यालय देखतभुलीद्वारा तत्कालीन नेकपा माओवादीका लडाकु पुर्व जनमुक्ति सेना, सहिद, घाईते एंव वेपत्ता परिवारलाई बाख्रा वितरण गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ३ नम्बर वडाले पुर्व जनमुक्ति सेना, सहिद एव वेपत्ता परिवारलाई सोमबार बाख्रा वितरण गरेको हो।
सोमबार एक कार्यक्रमका बीच कृष्णपुर नगरपालिका ३ नम्बर वडा कार्यालयले पुर्व जनसेना, सहिद परिवार, घाईते र वेपत्ता भएका आफन्तका परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष खेम राज चौधरीले बताएका छ्न्।
कृष्णपुर नगरपालिका ३ का वडा अध्यक्ष खेमराज चौधरीले वर्तमान व्यवस्था ल्याउनमा पुर्व जनमुक्ति सेना, सहिद परिवार, घाईते र वेपत्तायोद्धाको अहम भूमिका भएकाले उनीहरुलाई सम्मान स्वरुप एकएक उन्नत जातका बाख्रा एव सम्मान गरिएको बताएका छन्।
अध्यक्ष चौधरीले पुर्व जनसेना, घाईते, सहिद वेपत्ता पारिएका आफन्त परिवारलाई दोसल्ला ओढाएर प्रमाण पत्रका साथै सम्मान स्वरुप बाख्रा वितरण गरिएको बताए। वडाध्यक्ष चौधरीका अनुसार पुर्व जनमुक्ति सेना ९, सहिद परिवार ६ र वेपत्ता १ परिवारलाई बाख्रा सहित उनीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको बताए। पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका कृष्णपुर माओवादीका युवा नेता दिपक खत्री(निर्माण)ले कृष्णपुर ३ नम्बर वडाले जिल्लामै पहिलो र नमुना काम गरेको बताए।
‘यो व्यवस्था ल्याउनमा पक्कै पनि राजनीतिक दलसंगसंगै जनमुक्ति सेना, घाईते सहिद र वेपत्ता परिवारको महत्वपूर्ण भूमिका रह्यो, ‘उनले भने, ‘आज आएर एक वडाले जनमुक्ति सेना, सहिद, घाईते र वेपत्ता परिवारलाई सम्झिएको छ।
कृष्णपुर नगरपालिका ३ देखतभूलीका स्थानीय एव पुर्व माओवादी कमाण्डर राम बहादुर रानाले जनताको मुक्तिका लागि संघर्षको मैदानमा गएको र भाग्यले बाँचिएकाले आज जनताकै छोराछोरी शासनका मालिक हुँदा आफुहरु मात्रै आम नागरिकको आत्मसम्मान भएको अनुभूति पाएको बताए।
कृष्णपुर नगरपालिका वडा नं ३ कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा सभाअध्यक्ष खेमराज चौधरी, प्रमुख अतिथी नेकपा माओवादी केन्द कन्चनपुर जिल्ला संयोजक खेमराज पाण्डेय अथिति वडा जनप्रतिनिधि र कार्यक्रम को सञ्चालन वडा सचिव रामप्रसाद बोहराले गरेका थिए।