कञ्चनपुर: आज टी–२० विश्वकप क्रिकेट २०२४ को आफ्नो पहिलो खेलमा नेपाली टिमले आज नेदरल्यान्ड्स सँग खेल्दैछ। यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ। नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो।
यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी :२० विश्वकप खेलेको थियो। अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो। नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन्। यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन्।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहमा पाँच टोली छन्। टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ।