कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको श्री कालिका ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १९ औ साधारण सभा सम्पन्न गरिएको छ। साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्षमा प्रेम बहादुर सिह सहितको ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
अध्यक्ष प्रेम बहादुर सिह, उपाध्यक्ष लक्ष्मी भट्ट, सचिव लिला पन्त, कोषाध्यक्ष टेकेन्द्र बिष्ट, सदस्यमा क्रमशः राम सिह रावल, वीर बहादुर सुनार, जानकी नागारी, तारा जोशी र हिक्मत चौधरी चयन भएका छन्। त्यस्तै लेखा समितिमा संयोजक बासुदेव भट्ट, सदस्यमा क्रमश विशेश्वर प्रसाद पन्त, मिना पुन साउद चयन भएका छन्।
दुईपटक सम्म साधारण सभा भएतापनी समितीभित्र रहेको विभिन्न असमझदारी र कार्यालय सचिवले समितिको रकम चलाएको भन्दै कार्यसमितिले सचिव विरुद्ध जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कृष्णपुर नगरपालिकामा उजुरी हालेको थियो। कार्यालय सचिवले आफुले चलाएको पैसा अहिले संस्थाको खातामा जम्मा गरेपछी शनिवार साधारण सभा बाट नयाँ कार्यसमिति चयन गरिएको हो।
साधारण सभाबाट उपभोक्ताले ट्रान्सर्फमर खरिद गर्ने, लैइ विस्तार गर्ने, विद्युत महसुल रु १ घटाई (८ रहेको :७ बनाएको), नयाँ सेयर सदस्य शुल्क, आव २०७९/८० आय व्याय अनुमोदन, कार्यसमिति, लेखासमिती गठन, कम्प्युटर खरिद साथै कम्प्युटर विलिङ, बुझबुझारक गर्ने र बुस कटिङ गर्ने लगायतका निर्णयहरु भएका थिए।

२०८० देखि २०८१ सम्म १४ लाख ४३ हजार ८ सय ६८ आम्दानी भएको देखिएको छ। साधारण सभाबाट उपभोक्ताहरुले आफुलाई अध्यक्षको जिम्मेवारी दिएको र विद्युत सहकारी संस्थालाई उपभोक्ताहरुको हितमा अघि लग्ने; नमुना संस्थाका रुपमा निर्माण गर्ने नव निर्वाचित अध्यक्ष प्रेम बहादुर सिहले बताएका छन्।