कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुली निवासी सुनिल ऐरले कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको जय महाकाल गौशालालाई गौ:आहार सहयोग गरेका छन्। समाजिक कार्यमा सक्रिय युवाहरुलाई सक्दो सहयोग गर्दा आफुलाई खुशी मिल्ने ऐरले बताएका छन्।
साथीभाईहरु संग पार्टी गरेर पैसा सक्नुभन्दा, गौ: आहारले थोरै भएपनी गौमातालाई खानपुग्ने भएकाले आफुले गौशालामा एक कट्टा ब्रान र एक कट्टा नुन सहयोग गरेर आफ्नो जन्मदिन गौशालामा भव्य रुपमा मनाएको ऐरले बताएका छन्।
त्यस्तै जन्मदिनमा गौशालामा गौ संरक्षणका लागि सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गरेको साथै सबैले सक्दो गौशालालाई सक्दो सहयोग गर्न अपिल समेत रहेको जिल्ला अध्यक्ष हर्क बहादुर बोहराले बताएका छन्। सुनिल ऐर ई.एन नेपाल अनलाईन मिडियामा कार्यरत मिडियाकर्मी हुन; उनी लालझाडी ब्यूरोका रुपमा ई.एन नेपालमा आवद्ध रहेका छन्।