धनगढीमा विभिन्न कार्यक्रम राखी स्थापना दिवस मनाउदै यातायात मजदुर संगठन

धनगढी- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४५ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ। जसमा चालक मजदुर, स्वरोजगार मजदुरहरुलाई कार्यक्रम मा सहभागी भै स्वास्थ परिक्षण, विशेषज्ञ डाक्टर द्वारा निशुल्क चेक जाच, आँखाको जाच, नाक कान घाटि सम्बन्धि स्वास्थ चेक जाच गरीने आजको बैठकबाट निर्णय भएको संगठनका प्रदेश सदस्य अमर बिष्टले जानकारी गराएका छन्। संगठनको स्थापना दिवस असार ९ गतेसम्म हुने त्रिदिवसीय कार्यक्रममा संगठनमा आबद्ध सबै यातायात मजदुरहरूलाई सहभागिताका लागि अनुरोध समेत गरिएको छ।

संगठनले सार्वजनिक गरेका त्रिदिवसीय कार्यक्रमहरू यस प्रकार रहेका छन्।

(१) २०८१ -असार ७ गते धनगढी बसपार्कमा यातायात मजदुर काे निशुल्क स्वास्थ्य परिक्षण (नवजीवन हस्पिटल बाट)

(२) २०८१ – असार ८ गते निशुल्क आँखा चेकजाच यातायात मजदुरकाे धनगढी बसपार्कमा ( बिहान)

(३) २०८१ – असार ९ गते साझँ धनगढी बसपार्कमा सरसफाई

(४) २०८१ – असार ९ गते बिहान रक्तदान कार्यक्रम धनगढी वसपार्क

(५) २०८१ – असार ९ गते धनगढी बसपार्क दुर्घटना न्युनिकरण कार्यक्रम बिहान

(६) २०८१- असार ९ गते साझ धनगढी चाैराहामा दिप प्रज्वलन कार्यक्रम

७- नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन ट्याङकर ईकाई कमिटी का पनि विभिन्न कार्यक्रमहरु ।

Facebook Comments Box