कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले ल्यायो ९९ करोड २७ लाख बढीको बजेट

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट ल्याएको छ। असार ८ गते शुक्रवार नगरपालिकाको १७ औँ नगर सभाबाट उक्त बजेट पारित गरिएको हो।

यो संगै शुक्लाफाँटा नगरपालिका कञ्चनपुरमा निर्धारित समयमा बजेट ल्याउने पहिलो पालिका बनेको छ। नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले बजेट प्रस्तुत गरेकी हुन्।

आयतर्फ रु.३ करोड १५ लाख ८४ हजार,संघीय सरकार राजश्व बाँडफाँडबाट रु.१३ करोड १३ लाख १ रुपैयाँ,प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु.५६ लाख ४० हजार,नेपाल सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु. ४५ करोड ६२ लाख ९ हजार रहेको छ।

त्यस्तै प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु.५ करोड ३ लाख ९७ हजार,सामाजिक सुरक्षातर्फ रु.२५ करोड,क्षेत्रीय सहरी विकास कार्यक्रमतर्फ रु.९६ लाख ५४ हजार ७ सय,सडक बोर्डबाट रु.७९ लाख २० हजार,गत वर्षको मौज्दात रु.५ करोड तथा व्ययतर्फ चालु खर्च तर्फ रु.६६ करोड ६९ लाख ४२ हजार ४ सय ८९ र पूँजीगत खर्च तर्फ रु. ३२ करोड ५७ लाख ६२ हजार २ सय ११ रुपैयाँ गरी कुल रु.९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको हो ।

क्षेत्रगत कार्यक्रम अन्तर्गत आर्थिक तर्फ रु.८६ लाख बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ०.८७ प्रतिशत हो । सामाजिक विकासतर्फ रु.५३ करोड २६ लाख २२ हजार ४ सय ८९ बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ५३.६५ प्रतिशत हो ।

त्यस्तै पूर्वाधार विकासतर्फ रु.३२ करोड ५७ लाख ६२ हजार २ सय ११(३२.८२ प्रतिशत) विनियोजन गरिएको नगर उपप्रमुख पन्तले सभामा जानकारी गराइन् । सुशासन तथा अन्तर सम्बन्धित तर्फ रु.७१ लख ६० हजार (०.७२ प्रतिशत) विनियोजन गरिएको उनले बताइन् ।

कार्यालय सञ्चालनका लागि १२ करोड ३९ लाख २० हजार बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको १२.४८ प्रतिशत हो ।

१२ वटा वडाहरु रहेको शुक्लाफाँटामा वडा नम्बर २,३,६ र ९ का लागि प्रति वडा रु २८ लाखका दरले रु.१ करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै वडा नम्बर ४ र १० का लागि प्रति वडा ३३ लाखका दरले रु.६६ लाख बजेट विनियोजन गरिएको छ भने वडा नम्बर १,५,७,८,११ र १२ मा प्रति वडा ३८ लाखका दरले रु.२ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । यसरी वडा कार्यालयलाई जम्मा रु.४ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।

एमविविएस अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्तिका लागि रु.१ लाख बजेट विनियोजन गरिएको छ । कोल्ड स्टोर निर्माणमा रु.१ लाख,बसपार्क निर्माणमा ५० हजार,मुक्त हलिया घर निर्माणमा ५० हजार,सामुदायिक छाडापशु चौपाया व्यवस्थापनमा रु.३५ लाख बजेट विनियोजन गरिएको छ । प्रशासनिक खर्चमा रु.१६ करोड ६४ लाख ८५ हजार ५ सय बजेट विनियोजन गरिएको छ।

विकास निर्माण संगै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको बजेटमा नगर प्रमुख सामुदायिक विद्यालय सुधार कोषमा रु.१ लाख बजेट विनियोजन गरिएको छ।

बाल विकास शिक्षक,विद्यालय कर्मचारी,सहयोगी थप पारिश्रमिक अनुदान तथा गुणस्तर व्यवस्थापनमा रु.९० लाख र नगर शिक्षण सिकाई सहयोग अनुदान तथा गुणस्तर सुधारका लागि रु.२ करोेड २५ लाख बजेट विनियोजन गरिएको छ ।

दलित,जनजाती,आदिवासी लक्षित कार्यक्रमका लागि रु.५ लाख बजेट विनियोजन गरिएको छ ।त्यस्तै नगर क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि रु.६४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्य संस्थाहरुमा कार्यरत करार कर्मचारी पारिश्रमिक र पोषाक(व्यवस्थापन समितिबाट नियुक्त)का लागि रु.१ करोड ५ लाख ६५ हजार ५ सय बजेट विनियोजन गरिएको छ।

नगरसभाबाट नगरपालिकाको आर्थिक विधेयक २०८१,आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन,वार्षिक प्रगति प्रतिवेदन लगायत पाँच वटा प्रतिवेदन नगर सभा सदस्यले प्रस्तुत गरिएको थिए ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा ८० करोड ५२ लाख ५१ हजार ५ सय ६० को बजेट ल्याएको थियो।

 

सेतीकाली डटकम अनलाईनबाट

Facebook Comments Box