कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरिया निवासी युवा समाजसेवी गणेश भण्डारीले आफ्नो ३३ औ जन्मदिनमा असहाय जेष्ठ नागरिक आश्रम र महांकाल गौशालालाई खाद्यान्न सहयोग गरेका छन्।
भण्डारीले वेदकोट नगरपालिका ७,८ रोटेला गाउजी मा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र लाई जेष्ठ नागरिकहरुका लागि खाद्यान्न सहयोग गरेका हुन्।
त्यस्तै कृष्णपुर नगरपालिका वडा नं. २ बनहरा मा रहेको जय महाकाल गौशालामा समेत भण्डारीले गौ:आहार सहयोग गरेका छन्।
विगतदेखि नै समाजिक क्षेत्रमा सक्रिय भण्डारीले यस अघिको जन्मदिनमा पनि कृष्णपुरकै बाल आश्रम मा खाद्यान्न सहयोग गरेका थिए।
जन्मदिनमा साथीभाईहरु संग फजुलको खर्च गरेर पैसा सक्नुभन्दा थोरै भएपनी आफुले सकेको सहयोग असहाय जेष्ठ नागरिकहरु र गौमाताका लागि खर्चिदा आफुलाई निको लाग्ने र अरुका लागि समेत सन्देश हुने भण्डारीले बताएका छन्। आज जुन खुशी मैले जेष्ठ नागरिक आश्रम का बा आमाको अनुहारमा महसुस गरे त्यो कहिले गरेको थिएन भण्डारीले भने”।
श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा हाल ११ जना जेष्ठ नागरिकहरु रहेका आश्रमका व्यवस्थापक बहादुर सिह बिष्टले बताएका छन्। सुरुमा मुठ्ठी दान बाट असहाय जेष्ठ नागरिक सेवा गरेको र अहिले विभिन्न दाताले आफ्नो जन्मदिनमा सहयोग गरेर सेवा गरिरहेको समेत विष्टले बताएका छन्।
जेष्ठ नागरिकहरुलाई सेवा गर्न चाहानेले आश्रमको सम्पर्क नम्बर ९८६४३०६१२५ मा सम्पर्क गर्न समेत व्यवस्थापन विष्टले अनुरोध गरेका छन्। त्यस्तै जय महाकाल गौशालामा हाल सम्म ५०० बढी गौमाता संरक्षण गरिएको गौशालाका सञ्चालक रोशन बोहराले बताएका छन्।
समाजसेवी भण्डारी लामो समयदेखी समाजिक क्षेत्रमा आवद्ध छन्, भण्डारीले कञ्चनपुरमा समाजिक अभियान्ताका रुपमा समेत काम गरेका छन्, उनी कराते खेलाडी, नागरिक सुशासन समाज कञ्चनपुरका अध्यक्ष, नेपाली काङ्ग्रेस कृष्णपुर नगर कमिटी सदस्य समेत हुन्, हाल भण्डारी कृष्णपुर नगरपालिकामा कार्यरत रहेका छन्।