कञ्चनपुर: शनिबार कृष्णपुरमा भेटिएका अपरिचित सुस्त मनस्थितिका बालकको कृष्णपुरका मेयर हेम राज ओझाले उद्वार गरेका छन्। आफ्नो नाम काले ढोली बताउने घर कहिले अत्तरिया कहिले आलिताल कहिले जोगबुढा कहिले वाणी बताउने राम्ररी बोल्न नसक्ने पहिचान नखुलेका अन्दाजी १०-११ बर्ष उमेर भएका बालक शनिबार कृष्णपुर ०२ मा भेटिएका थिए। बालकलाई चिन्नुहुनेले सम्पर्क गर्ने मेयर ओझाले सामाजिक सञ्जाल मार्फत अनुरोध गरेका थिए।
भेटिएका बालकलाई अस्थायी प्रहरी बिट कृष्णपुर – २ बाणीमा राखिएको छ भने उनको पहिचान खुलेको अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ। कृष्णपुरमा भेटिएका बालक डडेलधुरा जिल्ला आलिताल गाउँ पालिका वार्ड न. ८ गोदाम का रमेश नागरी रहेको खुलेको छ। वाणी बजारमा मेयर ओझाले ती बालकलाई कपडा समेत किनिदिएका छन्।
आज कृष्णपुर का मेयरले ती बालकलाई गोदाम प्रहरी चौकीमा पुर्याउने ब्यवस्था मिलाइएको बताएका छ्न्। बालकलाई गोदामका प्रहरीले घर परिवारमा पुर्याउने समेत गर्ने मेयर ओझाले बताएका छन्।