कञ्चनपुर: कृष्णपुर नगरपालिका वडामा २ वाणी बस्ने मृगौला पिडित दलित विपन्न महिला गौरा देवी लुहारलाई युवा समाजसेवी ईन्जिनियर प्रकाश बहादुर रावलको नेतृत्वमा आज आर्थिक सहयोग गरिएको छ।
इन्जिनियर रावलले व्यक्तिगत रु १५ सय, समाजसेवी प्रेम पार्कीले रु २ हजार, समाजसेवी सुरेश विकले रु १ हजार, समाजसेवी कमला कुमारी वि.क ले १ हजार, समाजसेवी तथा जनउत्थान विद्यालयका अध्यक्ष नरेश कार्कीले रु ५ सय, समाजसेवी कविन्द्र थापाले रु ५ सय, समाजसेवी भरत बोहराले रु ५ सय, समाजसेवी वाणी खानेपानी का सचिव केशव नाथ”करन”ले रु ५ सय, समाजसेवी विनोद धामीले रु ५ सय गरि जम्मा रु ८ हजार सामुदायिक सहयोग गरिएको छ। त्यस्तै समाजसेवी तथा ग्वालावारी सामुदायिक वनका उपाध्यक्ष प्रकाश नाथ योगी र टिकटक होटलका सञ्चालक वीर सिह रावलले समेत सहयोग गर्ने बताएका छन्।
अझै सहयोगी निकायसंग थप सहयोगका लागि पहल गर्ने र मृगौला पिडित महिलाका लागि बैक क्युआर बनाएर थप सहयोगका लागि अभियान चाल्न युवा समाजसेवी रावलले बताएका छन्।