कञ्चनपुर: नेपाल विद्यार्थी संघ कञ्चनपुर कमिटीले कृष्णपुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत(हाकिम) खगेन्द्र प्रसाद भट्टलाई आज ज्ञापान पत्र बुझाएको छ।
सुचना उपलब्ध गराउन माग राख्दै निवेदन दिएको पन्ध्र दिन वितिसक्दा समेत कृष्णपुरका सुचना अधिकारीले सुचना उपलब्ध नगराएको भन्दै आज नेवि संघ जिल्ला समितीले कृष्णपुरका प्रमुख प्रशासकीयलाई ज्ञापन पत्र बुझाईएको नेवि संघ जिल्ला कार्य समिति सचिब दिनेश भट्टले बताएका छन्।
हामीले आ.व २०७९/८० मा भएको खाना खर्च, ईन्धन खर्च, आर्थिक सहायता महालेखाले वेरुजु देखाएको विभिन्न शिर्षक लगायतका विषयमा असार ४ गते सुचना अधिकारीलाई सुचना माग गरेका थियो तर १५ दिन वितिसक्दा समेत सूचना उपलब्ध नगराएपछी आज प्रमुख प्रशासकीयलाई ज्ञापन पत्र बुझाएका हौ; प्रमुख प्रशासकीयले सूचना उपलब्ध गराउने बताएका छन्: सचिव भट्टले बताए।
कृष्णपुरका सूचना अधिकारी प्रेम बोगटी भने” संस्थागत सुचनाको माग गरेकोमा उपलब्ध नगराएको, व्यक्तिलाई मात्र सुचना उपलब्ध गराउन मिल्ने, व्यक्तिले सुचना माग गरे नियम अनुसार उपलब्ध गराउने बताएका छ्न्।