कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ कार्यालयले वडा भित्रका किसानहरुलाई मिनि टिलर वितरण गएको छ।
५०% अनुदानमा वडाका ७ कृषक समुहलाई मिनि टिलर वितरण गरिएको हो। प्रत्येक समुहलाई एक मिनि टिलर बराबर ४५ हजार ५ सय रुपैयाँ मात्र तिर्नुपरेको साथै वडाले मिनि टिलर उपलब्ध गराएको वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।
मिनि टिलर संगै रोपाई गर्ने मेसिन पनि उपलब्ध गराएको अध्यक्ष साउदले बताएका छन्। रोपाईको समयमा अती आवश्यक मिनि टिलर वडाले दिदा आफुहरु निकै खुशी रहेको स्थानीय किसानहरुले बताएका छन्।
किसानहरुका लागि कृषि जन्य उपकरण उपलब्ध गराउन सदैव तयार रहेको वडा कार्यालय सधै किसानको हक हितमा लागिपर्ने समेत अध्यक्ष साउदले बताएका छन्