कृष्णपुरको बंकमा विद्युतीय हाईस दुर्घटना; २ जना घाईते

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंक , बनरा जनउत्थान आधारभूत विद्यालय नजिक पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगर देखि अतरिया जादै गरेको सु प्र प ०१ ००१ ज १५५८ नम्बरको बझाङ बस्ने चालक विरेन्द्र बोहराले चलाईरहेको बिद्युतिय हाईस आईतवार बिहान करिव ९ बजे दुर्घटनामा परेको छ।

विद्युतीय ईभिमा सवार ७ जना यात्रु मध्ये २ जना यात्रु घाईते भएका छ्न्। घाईते हुनेहरुमा टिकापुर ४ बस्ने विना चौधरी(निसर्ग हस्पिटल; टाउकोमा चोट) र भारत घर भएका सुरेन्द्र गुप्ता(टि एण्ड सि हस्पिटल; सामान्य चोट) रहेका छन्। बाकी यात्रुहरु सुरक्षित रहेको अस्थाई प्रहरी पोष्ट वाणीका प्रमुख ललित बहादुर बटलाले बताएका छ्न्।

Facebook Comments Box