कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं २ र ३ मा रहेको दोदा नदिमा निर्माणाधीन तटबन्धको अनुगमन गर्दै पालिका अध्यक्ष निर्मल राना र वडा नं २ का वडा अध्यक्ष आशा राम राना,तटबन्ध निर्माण हुनथाले पछि वर्षैपिच्छे डुवान र कटान बाट पिडित स्थानिय नागरिकहरुको अनुहारमा खुसियाली देखिएको छ ।
तटबन्ध निर्माण भएपछि नन्दगाउँ, कञ्ज लगायतका चार सय बढी परिवार नदीको जोखिमबाट सुरक्षित हुने वडा नं. २ का अध्यक्षले बताएका छन् ।
तटबन्ध निर्माणले थोरै क्षेत्रका बासिन्दाको नदीको बाढीबाट सुरक्षा हुने र गुरुयोजना बनाइ गाँउपालिका क्षेत्रमा पर्ने नदीको पूरै क्षेत्रमा तटबन्ध निर्माण हुने लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले बताएका छन् ।
