कञ्चनपुर: कृष्णपुरको बनरामा भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका कृष्णपुरका साईकल व्यवसायी ३२ वर्षीय नरेश नेगीको उपचारको क्रममा मृत्यु भएको छ। गत बिहिवार साझ ७ बजे कृष्णपुर ०२ वाणी बजारमा रहेको पसल देखि शुक्लाफाटा नगरपालिका झलारी घर जाने क्रममा नेगीले चलाईरहेको (सु.प.प्र ०२ ००३प ७६९२) नम्बरको मोटरसाइकल बनरा पुल निर गाईसंग ठोक्किएर गम्भीर घाइते भएका र उपचारको क्रममा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ।
घाइते भएका नेगीलाई बिहीवार तुरुन्तै मायामेट्रो अस्पताल धनगढीमा लगिएको थियो भने मायामेट्रोले रिफर गरेपछी थप उपचारको लागि भारतको रुद्रपुर लगिएको थियाे। नेगीको भारतमै उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकल दुर्घटना मा परी घाईते भएका नरेश नेगीको टाउकोमा गम्भीर चोट देखिएको थियो। मोटरसाइकल गाईसंग ठोकिएको भनिएता पनि ठोस प्रत्यक्षदर्शी कोहि पनि थिएन प्रहरी घटना स्थल सम्म पुग्दा घाईतेलाई गाडीमा पठाईसकेको स्रोत बताउछ। मोटरसाइकल संग ठोकिएको गाईपनी नभेटिदा र उनले चलाईरहेको मोटरसाइकलमा घटना अनुसारको टुटफुट नहुदा दुर्घटना नभई योजनाबद्ध घटना हुनसक्ने आशंका गर्नसकिने आधार रहेको कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।
मोटरसाइकलको हेडलाईट फुटेको, दाहिने मिरर टुटेको र हल्का स्क्राच हेलमेटको पछाडी दाहिने तिर स्क्राच मात्र छ; हेलमेट को सिसा समेट फुटेको छैन, न मोटरसाइकलको बडीमा कुनै टुटफुट छ; यसकारण पनि आशंका गर्ने ठाउँ छ। प्रहरी प्रशासनले यस घटनालाई गम्भीर पुर्वक अनुसन्धान गर्नुपर्ने देखिन्छ; घटनाको अनुसन्धानमा प्रहरीलाई आफुले पुर्ण रुपमा साथ सहयोग गर्ने वडा अध्यक्ष साउदले बताएका छन्।

मृतक नेगी शुक्लाफाटाको झलारीमा रहेको नेगी साईकिल स्टोरका सञ्चालक समेत हुन्। केही बर्ष यता देखि उनले कृष्णपुरको वाणी बजारमा साईकल स्टोर सञ्चालन गर्दै आएका थिए। उनको निधनको दुखद खबरले श्रद्धाञ्जली सहित वाणी बजार व्यवस्थापन समितिले शोक सभाको आयोजना का साथै वाणी बजार बन्दको निर्णय गरेको छ।