कञ्चनपुरमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रम सम्पन्न

कञ्चनपुर: कृष्णपुर ०२ कञ्चनपुरमा रहेको सामुदायिक वन समन्वय समिति(CFCC) को आयोजनामा सात दिने सप्ताह व्यापी वृक्षारोपण सोमबार सम्पन्न गरिएको छ।

जनहित महाकाली सामुदायिक बन खल्लागाेठमा बिरुवा रोपि कार्यक्रमको समापन गरिएको हो। समापन कार्यक्रममा सामुदायिक वन समन्वय समिती कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशी सभाअध्यक्षता, कृष्णपुर ०२ नं. वडा कार्यालय का वडा अध्यक्ष अर्जुन सिंह साउद प्रमुख अतिथि अतिथिहरुमा क्रमश USAID जल जंगल का प्रतिनिधि प्रमाेद सुवेदी, तराई भूपरिधि कार्यक्रम का प्रतिनिधि देब राज जाेशि, सब डिभिजन वणिका विमला निदान, सामुदायिक वनका अध्यक्ष, संरक्षणकर्मि, उपभोक्तहरु लगायतको उपस्थिति रहेको थियो।

सामुदायिक वनमा बिजय साल, सागवान, कोइरालो, बास लगायतका बिरुवा रोपिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताएका छन्। साउन १ गतेदेखि बृक्षारोपण सप्ताह सञ्चालन गरिएको छ।

जस अन्तर्गत लालझाडी गाउँपालिकाको कञ्चन सामुदायिक वन, कृष्णपुर नगरपालिकाको उग्रतारा सामुदायिक वन, शुक्लाफाँटा नगरपालिकाको झिलमिला सामुदायिक वन, भगवती सामुदायिक वन, विरेन्द्र/दिपेन्द्र सामुदायिक वन, ग्वासी समैजी सामुदायिक वन र जनहित सामुदायिक वनमा गरि ३५ हजार बिरुवा बृक्षारोपण गरिएको छ ।

‘बृक्षारोपण अभियानको आज सातौं दिनमा ३५ हजार बढी बिरुवा रोपेको सामुदायिक वन समितिका अध्यक्ष जोशीले बताएका छन्। वन संरक्षण जैविक विविधताको संरक्षणका लागि बृक्षारोपण अभियान सञ्चालन गरिएको सामुदायिक वन समन्वय समितिले जनाएको छ।

सप्ताह व्यापी वृक्षारोपण कार्यक्रम usaid जल जङ्गल समन्वयका संञ्चालन गरिएको थियो। कार्यक्रम सफल भएको cfcc का अध्यक्ष महेश दत्त जोशीले बताएका छ्न्।

Facebook Comments Box