कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंक/बनरा मा रहेको जनउत्थान आधारभूत विद्यालयमा आज मंगलबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।
वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरेश कार्की सभापति, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझा प्रमुख अतिथी रहेका थिए।

त्यस्तै वृक्षरोपण कार्यक्रमको विशिष्ट अतिथिमा पशपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. पान सिह ठगुन्ना, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख हेमराज अवस्थी, कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सिह साउँद, निवर्तमान वडा अध्यक्ष जयनारायण जोशी लगायत अन्य स्थानिय समाजसेवी अतिथी, अभिभावक, शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कृष्णपुर नगरपालिकालाई ‘हरित नगर’ बनाउन अभियान सञ्चालन गरिएको छ, नगरपालिकाले वृक्षारोपण अभियानलाई प्राथमिकता दिएको छौ”मंगलबार कृष्णपुर नगरपालिका–२ स्थित जनउत्थान आधारभूत विद्यालय, वडा नं. ५ को सयपत्री आधारभूत विद्यालय र वडा नं. ६ स्थित आधारभूत स्वास्थ्य केन्द्र मौरीफाँटामा वृक्षारोपण गरेका छौँ: नगर प्रमुख हेम राज ओझाले बताए।
‘वृक्षारोपणलाई अभियानकै रुपमा सञ्चालन गरेका छौं, सामुदायिक वनहरु, स्वास्थ्य संस्था र विद्यालयहरुमा वृक्षारोपण गर्दै आएका छौं;”नगरपालिकाले विभिन्न प्रजातीका बिरुवा उत्पादन गरेर वितरण गरेको हो। हरियाली नगर बनाउने हाम्रो योजना रहेको नगर प्रमुख ओझाले बताएका छन्।
विद्यालय परिसर भित्र ४ सय बढी विरुवा वृक्षरोपण गरेका छौ; विद्यार्थीहरुलाई पनि सिकाई भएको छ, समग्रमा आजको वृक्षरोपण कार्यक्रम एकदमै राम्रो भएको छ; विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कार्कीले बताएका छन्।
वृक्षरोपण कार्यक्रमले गर्दा विद्यालयको हरियाली बढ्ने, विद्यालयको सौन्दर्य बढ्ने, विद्यार्थीहरुका लागि समेत सिकाई अभ्यास भएको विद्यालयका प्रधानाध्यापक गणेश कुँबरले बताएका छन्।