यातायात ब्याबसायी मजदुर लाई चेक जाँच का नाम मा हैरानी कहिले सम्म.. ?

काठमाडौ । प्रहरी प्रशासनबाट यातायात मजदुर व्यवसायीहरुले अनावश्यक प्रशासनिक हैरानी व्यहोर्नु परेको गुनासो गरेकाछन् । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक (आइजिपी) समक्ष यातायात मजदुर तथा व्यवसायीहरुको प्रतिनिधिहरुले त्यस्तो गुनासो गरेकाहुन् ।

प्रतिनिधि मण्डलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिहरु रहेका थिए । आइजिपी कुँवर समक्ष समस्याहरु प्रस्तुत गर्दै धनगढीदेखि काठमाण्डौं आउने सार्वजनिक बसले सडकमा ३६ स्थानमा सुरक्षा चेकजाँच पुरा गर्नुपर्ने जसका कारण चालकमा थकानसंगसंगै मानसिक तनाव र शारीरीक शिथिलता आउने बताउँदै प्रस्थानबिन्दुमा चेकजाँच गरेर हिँडेपछि गनतव्यमा चेकजाँच गर्नुपर्ने विधि समेत मजदुर व्यवसायी प्रतिनिधिहरुले सुझाएकाछन् ।

प्रहरी मेरो साथी या जिब्रोको गरिमा मिठो बोलिमा जस्ता लोकप्रिय नारा भएपनि ट्राफिक प्रहरीको बोली र व्यवहारमा रुखोपन रहेको र यातायात मजदुरलाई भौतिक आक्रमण गर्ने गरेको स्मरण गराउँदै यो कामले प्रहरी संगठनको छबिलाई धुमिल बनाएकाले सुधारका काममा प्रहरी संगठनले ध्यान दिनुपर्ने विषयहरु सुझाएकाछन् ।
काठमाण्डौं उपत्यकामा रिजर्व जाँदा रुट परमिट लिनु नपर्ने भएपनि यसैलाई जरिवाना असुल गर्ने अस्त्रका रुपमा ट्राफिक प्रहरीहरुले प्रयोग गरिरहेको, मजदुर व्यवसायीहरुलाई अनावश्यक हैरानी दिइरहेकोमा यस्ता कार्य तत्काल रोक्न आइजिपी कुँवरसंग आग्रह गरिएकोछ ।

प्रहरी अतिरिक्त महानिरिक्षक एआइजि किरण बज्राचार्य, प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकार र काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक जीवनकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको छलफलमा ट्राफिक प्रहरीलाई राजश्व संकलन केन्द्रका रुपमा विकास गर्ने भन्दा एड्भान्स ट्राफिक व्यवस्थापनमा लैजाने गरि योजना निर्माण गर्न सुझाइएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विरुद्ध सञ्चालन अनुमति दिइएको निजी सवारीलाई राइडसेयरिङले यातायात क्षेत्रमा ठ्लो व्यथिति ल्याएको भन्दै यसलाई तत्काल रोक्न सुझाव दिइएकोछ ।
आइजिपीसंगको छलफलमा बाढी, पहिरो, सडक दुर्घटना लगायतका विपद्मा उद्धार गर्नका लागि प्रहरी प्रधान कार्यालय मातहत रोड सेफ्टी फोर्स (सडक सुरक्षा बल) छुट्टै इकाई बनाएर परिचालन गर्नुपर्ने सुझाइएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम सहितको प्रतिनिधि मण्डलले
सार्वजनिक सवारीसाधनमा हुने पाकेटमारी नियन्त्रण, मानव बेचविखनको निगरानी र अन्य आपराधिक गतिनिधि नियन्त्रण, सडक दुर्घटना न्युनिकरण अभियान लगायतका कार्यक्रमहरु सरोकारवाला सबैको संयुक्त प्रयासमा गरिनुपर्ने सझाएको छ ।

भेटमा आइजिपी कुँवरले सडकमा मजदुरलाई दुःख दिने, अनावश्यक हैरानी दिने र मजदुरहरुलाई आक्रमण गर्ने कार्य गलत भएको बताउनुहुँदै त्यस्ता घटनामा संलग्नहरुलाई प्रमाणका आधारमा कारबाही गरिने बताउनु भयो । मुख्य विषय शान्ति सुरक्षा हो तर सडकमा अनावश्यक झमेला र चालकको मनोविज्ञानमा असर पर्नेगरि अवरोध ठिक होइन । उठेको विषयहरुमा सामुहिक छलफल र अन्तक्र्रियाबाट समाधान गर्नुपर्छ गलत गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ ।

त्यस्तै एआइजी किरण बज्राचार्यले यो बसाइले आफुलाई सिक्ने अवसर मिले भन्दै यस्ता भन्ने र सुन्ने कार्यक्रम निरन्तर गरिनु पर्ने बताउनुहुँदै त्यसले एकअर्काको गल्तीलाई सच्याउने अवसर मिल्ने बताउनु भयो । त्यस्तै काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवन श्रेष्ठले मातहतका खट्ने प्रहरी सबैलाई व्यवहारका बारेमा सजग गराइरहेकोछु र पनि व्यवहारहरु उस्तैछन् सुध्रिएको छैन, यातायात मजदुरहरुमा पनि त्यो समस्या रहेको बताउनुहुँदै हामी सबैको व्यवहारले मात्रै समस्या सुल्झिन सक्ने बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो जस्तोसुकै अवस्थामा यात्रु रहेको सवारीलाई बिचबाटोमा होल्ड गर्नुहुँदैन त्यस्तो गर्नु गलत भएको बताउनुभयो । केही चेकपोष्टहरुमा आर्थिक अनियमितता हुने गरेको थाहा पाएदेखि प्रत्येकलाई कारबाहीको दायरामा ल्याएकाछौं र त्यस्ता चेक पोइन्टहरूलाई प्रत्यक्ष निगरानीमा राखेका छौं।

त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एउटै रुटमा नियमित सेवा दिने सवारीसाधनले समेत पटके काटेर हिँडिरहेको बताउनुहुँदै त्यसलाई कुरालाई नियन्त्रण गर्नुपर्छ । सिटौलाले भन्नुभयो सडक दुर्घटना हुँदा जुन सवारीसाधनबाट भएको हो त्यसको सर्कुलर तलसम्म प्रहरीले गरिदिनुपर्यो भन्नुभयो । वहाँले सार्वजनिक सवारीसाधनलाई प्रविधिमैत्री बनाउनु पर्ने भन्नुहुँदै टिकट नकाटी यात्रा नगर्ने सन्देश प्रवाह गर्नु पर्ने बताउनुभयो ।

– सरोज सिटौला, वरिष्ट उपाध्यक्ष नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ

Facebook Comments Box