कृष्णपुरको ग्वालावारी सामुदायिक वनमा वृक्षारोपण

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा रहेको ग्वालावारी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कृष्णपुरका नगर प्रमुख हेम राज ओझाको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रमको समापन गरिएको हो। वृक्षरोपण कार्यक्रममा कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, वाणी सव डिभिजन वनका ईन्चार्ज हरिनारायण यादव, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तथा उदय सरस्वती क्याम्पसका अध्यक्ष वीर बहादुर चन्द, नेपाली काङ्ग्रेस का वडा सभापति युवा नेता रमेश राज भाट, नेपाली काङ्ग्रेसका उप-सभापति समाजसेवी गोपाल भारती, समाजसेवी भरत बोहरा, समाजसेवी वीर सिह रावल, वाणी खानेपानी सचिव केशव नाथ योगी लगायतको उपस्थितिमा रहेको थियो।

वृक्षारोपण कार्यक्रममा उपभोक्ताहरुको सहभागीता उत्साहजनक देखिएको साथै वृक्षरोपण कार्यक्रम राम्रो भएको नगर प्रमुख हेम राज ओझाले बताएका छन्। ग्वालावारी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रममा ७०० बढी विरुवा रोपिएको सामुदायिक वनका उपाध्यक्ष प्रकाश नाथ योगीले बताएका छन्।

Facebook Comments Box