मानसिक रोगी महिलाको उद्वारमा कृष्णपुर नगरपालिका

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ७ मटैया कटान बस्ने मानसिक रोगी महिला विष्णादेवी विष्ट को कृष्णपुर नगरपालिकाको सहयोगमा आज आईतवार उद्वार गरिएको छ। कृष्णपुरका नगरपालिकाका मेयरको आफ्नै गाडीमा दृष्टि  फाउन्डेसन संस्था धनगढीमा पुर्याएर महिलाको उद्वार गरिएको मेयर हेम राज ओझाले बताएका छन्।

मानसिक अस्वस्थता भएकी नगरबासी महिलाको उनका श्रीमान नैन सिह विष्टको आग्रहमा उद्वार गरिएको नगर प्रमुख हेम राज ओझाले बताए। उनको उपचार निसर्ग अस्पताल हुने र स्याहार रेखदेखका लागि दृष्टि फाउन्डेसन मा राखिएको कृष्णपुर नगरपालिकाले जनाएको छ। हालसम्म नगरपालिका को सहयोग समन्वयमा कृष्णपुरका १२ भन्दा बढी असहाय मानसिक रोगी महिलाको उद्वार गरि पुनर्स्थापनाका लागि मानव सेवा आश्रम र दृष्टी फाउन्डेसन धनगढी मा राखिएको कृष्णपुरका मेयर ओझाले बताएका छन्।

धनगढी उप-महानगरपालिका वडा नं. १३ कैलाली गाउँमा रहेको दृष्टि फाउन्डेसनको स्थापनाको ६ बर्षमा हालसम्म ४०० बढी मानसिक रोगी महिला तथा बालबालिकाको उद्वार उपचार भई सन्चो भएर परिवारको जिम्मा लगाईसकेको दृष्टि फाउन्डेसनले जनाएको छ। हाल दृष्टि फाउन्डेसनमा ६५ जना महिला र बालबालिका रहेको दृष्टि फाउन्डेसन की स्वयंसेविका/स्याहारकर्ता चन्द्रा तिरुवाले बताएकी छिन्।
दृष्टि फाउन्डेसनमा हाल ११ जना स्याहारकर्ता रहेका छन्। पछिल्लो समय असहाय मानसिक रोगी बेबारिसे महिला तथा बालबालिका महिला दृष्टि फाउन्डेसन सुरक्षीत बास स्थान का साथै साहारा बनिरहेको संस्थाकी सञ्चालिका कल्पना भट्ट ले बताएकी छिन्।

Facebook Comments Box