कञ्चनपुर: कृष्णपुर नगरपालिका मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। कृष्णपुर-५ चिनिमिल गुलरियामा आइतबार साझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेमराज चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।
सु.प्र.प ०१००९प ३७७७ नम्बरको मोटरसाइकलको ठक्करबाट कृष्णपुर नगरपालिका वडा नं. ६ का हेम राज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। मोटरसाइकल चालक राजकुमार रानालाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।