रमेश सिह धामी विक्रान्त(विचार)
कञ्चनपुर: सत्तामा रहेर जनचाहना अनुरुप शासन सञ्चालन गर्न नसकेमा जनता बिद्रोहमा उत्रने र शासक सत्ता र व्यवस्थानै परिवर्तन गर्नसक्ने हैसियत र शक्ति जनतामा छ रहन्छ ,नेपाल र बिश्वमा पनि यी घटनाहरु भइ सकेका छ्न।
केही बर्ष अधि श्रीलंका र हालै बंगलादेशमा भएको घटनाले पनि त्यो पुष्टि गर्यो। विकसित पछिल्लो बंगलादेशको घटनाभने नेपाली मिडिया , सामाजिक संजाल प्रयोगकर्ता, राजनीति, सुरक्षा निकाय र सर्बसाधारण सबैको ध्यानाकर्षण र चर्चाको बिषय बनेको छ।
बंगलादेश घटना बारे चर्चा कर्ताहरु थोरबहुत जानकारनै भएको र जानकारी लिन चाहे लिन सक्ने अन्य माध्यम समेत प्रयाप्त उपलब्ध भएकोले त्यसको चर्चा नगरी सिधै विषय प्रवेशको अनुमति चाहन्छु।
बंगलादेशको जस्तै घटना नेपालमा हुन्छ, हुनैपर्छ ,नदोहोरियोस /?
बंगलादेश घटनापछि कथित बिज्ञ त छदैथिए , राजनीति बुझ्छौ र गर्छौ भन्ने देखि हातमा मोबाइल हुने ,समाचार सुन्ने पढ्ने गफ ओसारपसार गर्ने सबैका विभिन्न जोडकोण बाट/ आफू अनुकुल व्याख्या हुनेगरी भनाइहरु आइरहेका छन। कतिपयले त शान्ति सुरक्षा को अवस्था बिगार्ने अराजकता फैलाउने र बिधंसात्मक क्रियाकलाप लाई प्रोत्साहित हुने अभिव्यक्ति दिइरहेका छ्न तिनको भ्युज , लाइक र सेयर पनि उत्तिकै भइ रहेको छ। पटकपटक का आन्दोलन पछि प्राप्त भनिएका उपलब्धि हरु पछि पनि जनजीवनमा तात्त्विक परिवर्तन नआइ , कतिपय कुरामा अझ नकारात्मक सुचकहरु देखापरिरहेको अवस्थामा जनताहरु सत्ता , सरकार र दलहरू प्रति असन्तुष्ट रहेकै छ्न , यसमा आत्ममुल्यांकन गरि दल र नेताहरु नसुध्रीए यो निराशा र असन्तुष्टि रुपी पानीलाई धमिल्याइ धमिलो पानीमा माछामार्ने र आफ्नो मत्स्य भक्षी आकांक्षा तृप्त गर्नेहरु पनि यसमै कृयाशील छ्न ,त्यसमा नेपाली समाजको अधिकांस हिस्सा समेत अरुलाइ ( खासगरी नेताहरू लाई , र अझ अर्को पार्टीको लाई ) होच्याइ बोलेको ,गालीगरेको, काट,मार, ठोकसहित को चर्को स्वर लाई मनपराउने मात्रै होइन जति अराजक असभ्य र हिंश्रक अभिव्यक्ति दियो त्यतिनै लाइक सेयर हुने गरेकोछ।
पुराना दल र नेताहरु ले जनचहाना अनुसार परिणाम दिन नसक्दा घुमेर लात्तीले नाकको डाँडी भाच्ने , सिंहदरबारमा आगो लगाउने र दुर्गन्धित फ़ोहोर मन्त्रालयअगाडि फाल्ने खालका क्रियाकलाप लाई समेत सामान्य रुपमा मात्रै लिएनन् त्यो प्रवृत्ति लाई जनअनुमोदित गरे । यति हुँदा समेत नचेतेका पुराना र सत्ताधारी शक्ति को अकर्मण्यता को पानीलाइ धमिल्याइ सो धमिलो पानीमै मारेर , सत्तारुपी माछा को स्वाद लिने शक्ति अझ हौंसिएका देखिन्छन् ।
भन्न सजिलो छ , असन्तुष्टि र आक्रोश को बेला त्यो सोच आउन पनि सक्छ तर कुन शक्ति ले आफ्नो निहित स्वार्थ सिद्धि का लागी यहाँ अस्थिरता ल्याउन गोटि चाल्दै अराजकता लाई बढावा दिदैछ , बंगलादेश घटना नेपालमा घटाउने चेस्टाको परिणाम के होला? त्यसपछि कुन र कस्तो शक्तिले सत्ता सम्हाल्ला ? के त्यसपछि सबै समस्या पुर्णतः समाधान भैआन्दोलन कर्ता हरुले सोचेझै रामराज्यनै स्थापित होला ? त्यसपछि को सामाजिक राजनीतिक र कुटनैतिक अवस्था कस्तो हुनेछ यावत प्रश्न आफैलाइ नसोधी आफु पनि ठोक्नु पर्छ, काटनुपर्छ, चोक्टा बनाइ खानुपर्छ ,जलाउनु पर्छ , भत्काउनु पर्छ को पछि लाग्दा सम्भाबित परिणाम बारे गम्भीर बन्ने कि नबन्ने। अनि नजिकैको श्रीलंका र बंगलादेशमा यस्ता घटना देख्दा देख्दै पनि आफ्ना बिगतका गल्ती कमजोरी लाई नसच्याउने सत्ता ले पनि त्यो दिन भोग्नु नपर्ला भन्न सकिन्न , किनकि असन्तुष्ट नेपालीहरु को सतही भावनात्मक जनमत को हुरिले उडाएर कसलाई कहाँ पुर्याउने हो अनुमान गर्न कठिन छ । त्यसैले सबैले आफ्नो धरातल र धरातलीय अवस्थाको सहि विश्लेषण गरि सोही अनुसार गर्नु सबैको भलो हुनेछ।