सामुदायिक वन समन्वय समिति कञ्चनपुरले मनायो २० औ वार्षिक साधारणसभा

कञ्चनपुर: हिजो शुक्रवार सामुदायिक वन समन्वय समिति कञ्चनपुरको २० औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ। कृष्णपुरको हरियाली सामुदायिक वनको सभाहलमा सामुदायिक समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीको अध्यक्षता सुदूरपश्चिम सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी वन मन्त्री बिरबहादुर थापा, विशिष्ट अथिति कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमराज कंडेल, कृष्णपुर ४ का वडा अध्यक्ष धर्म बहादुर सिंह, ५ का अध्यक्ष टेक पाण्डेय, शुक्लफाँटा ८ का अध्यक्ष बहादुर महरा लगायत बिभिन्न सामुदायिक वनकर्मीको उपस्थितिमा वार्षिक साधारणसभा समापन गरिएको हो।

वनलाई असर नपर्ने गरि विकास निर्माण गर्नुपर्ने, ‘ऐन, नियम र कानूनमा रहेर विकास निर्माण गर्नुपर्छ,’ उनले भने, ‘वन संरक्षणसँगै आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्छ।’ समय अनुसार नीति तथा कानून परिवर्तन गर्नुपर्ने, उत्पादनमा आधारित रहेर कृषि अनुदान दिइने, ‘कृषि अनुदान सम्बन्धित व्याक्तिसम्म पुगेको देखिदैन्, नाम मात्रैको अनुदानलाई हटाएर उत्पादन गर्नेलाई मात्रै अनुदान दिने व्यवस्था गरिरहेका छौं, कृष्णपुर नगरपालिकामा कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गरिने सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाले बताएका छन्।

जैविक विविद्यता संरक्षणका लागि वृक्षारोपण लगायतका कार्यक्रम गर्दै आएको,पछिल्लो समय मानव–वन्यजन्तुबीच द्वन्द देखिन्छ, यसका लागि पनि वन संरक्षण आवश्यक छ।’ सिस्नेसिमसारको गुरुयोजना बनाएर गिद्ध संरक्षण लगायतका गतिविधि सञ्चालन गरिने, ‘त्यसमा सामुदायिक वनहरुको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने र कृष्णपुर नगरपालिकाले जैविक विविधता संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख हेमराज ओझाले बताएका छन्।

सामुदायिक वन समन्वय समितिले वन तथा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम गर्न अध्यक्ष महेशदत्त जोशीले बताएका छन्। सामुदायिक वन संरक्षणका लागि घाँसे मैदान व्यवस्थापन, चरिचरन व्यवस्थापन, वन हेरालु परिचालन, आगलागी नियन्त्रण सम्बन्धि तालिम, तारबार निर्माण, वृक्षारोपण, घोलमुहान निर्माण, मेसवार जडान गरिएको छ अध्यक्ष जोशीले बताएका छन्।

Facebook Comments Box