कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ लाई बालमैत्री स्थानिय शासन वडा घोषणा गरिने भएको छ। आज कृष्णपुर नगरपालिका १ नं. वडा कार्यालयमा आयोजना गरिएको बालमैत्री स्थानिय शासन घोषणा अभियान प्रबर्द्धन लागि सरकार र मिडियासंग सम्बन्ध तथा समन्वय कार्यक्रम मार्फत उक्त जानकारी गराईएको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ(NNSWA) कञ्चनपुर र वल्ड भिजन संस्थाको आर्थिक सहयोगमा कृष्णपुर वडा नं. १ लाई जिल्लामै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा को तयारी भईरहेको छ भने २०८२ चैत्र मसान्तसम्म पुर्ण रुपमा बालमैत्री शासन घोषणा गरिने भएको छ।
कृष्णपुर नगरपालिका १ नं. वडा का अध्यक्ष मोहन बहादुर बस्नेत को अध्यक्षतमा सुरु भएको कार्यक्रममा कृष्णपुर की नगर उप प्रमुख द्रोपती राना प्रमुख अतिथि, नगरपालिका का सुचना अधिकारी प्रेम बोगटी, शिक्षा शाखा प्रतिनिधि गणेश बहादुर चन्द, स्वास्थ्य, महिला तथा बालबालिका शाखा का प्रतिनिधि चन्द्रा तिमिल्सिना, NNSWA का कार्यक्रम संयोजक रामेश्वर जैरु, गणेश बहादुर भुल, वल्ड भिजन का प्रतिनिधि नारद मलासी, सुरज शर्मा, विभिन्न मिडियाका सञ्चारकर्मी, बालबालिका लगायतको सहभागीता रहेको थियो कार्यक्रम मा छलफल, सुझाव संकलन समेत गरिएको थियो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एन.एन.एस.डब्लु.ए) कञ्चनपुरको आयोजनामा वल्र्ड भिजनको साझेदारी र पालिकाको समन्वयमा उक्त वार्डलाई बालमैत्री स्थानिय शासन घोषणा गरिने भएको छ। नेपाल सरकारले निर्धारण गरेका ५१ वटा सुचाङकहरु पुरा गरेपछि वार्डलाई २०८३ भित्रै बालमैत्री स्थानिय शासन घोषणा गरिने बाल संरक्षक, समावेशी शिक्षा परियोजना र स्पोन्सरसिप परियोजनाका परियोजना संयोजक रामेश्वर जैरुले बताएका छन्।
कार्यक्रम सम्बन्धि पछिल्ला गतिविधि बारे गणेश बहादुर भुलले प्रस्तुतिकरण गरेका थिए। वडा बालमैत्री शासन समिती, वडा स्तरमा वडा स्तरिय बाल संजालको निर्माण गरिएको र जसको अध्यक्षमा वडा अध्यक्ष रहने व्यवस्था अनुरुप काम भईरहेको भएर घोषणा गर्नका लागि पालिका को अहम भुमिका रहने साथै संचारमाध्यमहरुको पनि अपरिहार्य रुपमा अहम भुमिका रहने भएकाले सबैसंग आज यो कार्यक्रमको आयोजना गरिएको प्रस्तुतकर्ता गणेश बहादुर भुलले बताएका छन्।
यो अभियानलाई अगाडी बढाउनका लागी सबैको हातेमालो जरुरी रहेको बताउँदै नेपाल सरकारले तय गरेका विभिन्न ५१ वटा सुचांकलाई पनि पुरा गर्न सबैले साथ र सहयोग गरिदिन आग्रह का साथै अहिलेको अवस्था कस्तो रहेको छ सुचांक अनुसार के कस्तो अवस्था रहेको छ भनेर तथ्याङक पनि संकलन भएको र त्यसलाई पनि छलफल गरी सुधार गरेर अगाडी लैजाने र एउटा बाल पाश्र्वचित्र निर्माण गरि वडा नम्वर १ को अवस्थाको एउटा मस्यौदा तयार पार्ने जिल्लाभरमा आफनो पालिकालाई बालमैत्री स्थानिय शासन घोषणा हुनेमा आफु खुसी भएको वडा अध्यक्ष मोहन बहादुर बस्नेतले बताएका छन्।
कृष्णपुर नगरपालिकालाई बालमैत्री बनाउन आफुहरु लागिपरेको पालिका तहबाट आवश्यक सहयोग गर्न तयार रहेको बालविवाह, बालश्रम र बाल अधिकारका लागि आफू सदैव सकारात्मक रहेको नगर उप प्रमुख द्रोपती रानाले बताएका छन्।