कृष्णपुरमा “NNSWA” द्वारा सञ्चालित नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

गुलरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरिया को सभाहलमा आईतवार NNSWA र WorldVision संस्थासंगको साझेदारीमा कृष्णपुरमा सञ्चालित पालिका स्तरीय स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ। कृष्णपुरका ५ वडामा NNSWA ले आफ्ना कार्यक्रम/परियोजना सञ्चालन गरिरहेको छ। हाल वडा नं. १,२,४,७,९ मा विभिन्न परियोजना सञ्चालित रहेका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ(NNSWA) र WorldVision को आयोजनामा आ.व २०८०/८१ मा कृष्णपुरमा सञ्चालित पालिका स्तरीय परियोजना सम्बन्धी गरिएका क्रियाकलाप र उपलब्धि बारे जानकारी गराईएको थियो। परियोजना सम्बन्धिको बैठक नेपाल राष्ट्रिय समाज कल्याण संघ(NNSWA) कञ्चनपुर की अध्यक्ष माया सार्कीको अध्यक्षतामा सुरु भएको थियो; जसमा प्रमुख अतिथी कृष्णपुर की नगर उप-प्रमुख द्रोपती राना, अतिथिमा कृष्णपुर वडा नं. १ का अध्यक्ष मोहन बहादुर बस्नेत, ४ का अध्यक्ष धर्म बहादुर सिह, ७ का अध्यक्ष घुम्मन राना, ९ का अध्यक्ष कैलाश बलायर, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, बाल क्लबका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

हाल कृष्णपुर मा बाल संरक्षण सामुदायिक सलग्नतामुखी बाल स्पोन्सरसीप तथा समावेशी गुणस्तरीय शिक्षा परियोजना सञ्चालनमा छन्। गत आ.व २०८०/८१ मा NNSWA र WorldVision संगको साझेदारीमा कृष्णपुरमा १ करोड ८७ लाख बढी वार्षिक बजेट लागतमा परियोजना सम्पन्न गरिएको परियोजना संयोजक रामेश्वर जैरुले जानकारी दिएका छन्।

कृष्णपुरमा बालबालिका का लागि जनचेतनामुलक सिकाई कार्यक्रम, उज्ज्वल भविष्यका लागि बचत, शैक्षिक सामाग्री वितरण, बाल मैत्री शासन वडा घोषणा अभियान, शुद्ध खानेपानी विद्यालयमा जडान, असहाय विपन्न परिवारको जिविकोपार्जनका लागि सहयोग लगायतका कार्यक्रम सम्पन्न गरिएका छन्।

बैठकमा परियोजनाका उपलब्धि झल्किने भित्ते ग्यालरी प्रदर्शनी, छलफल, प्रस्तुतिकरण गराईएको थियो। कृष्णपुरमा बालबालिकाको क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ(NNSWA) ले उत्कृष्ट कार्य गरेको र नगरपालिकाले बालबालिकाका लागि सधै सहयोग गर्ने नगर उप प्रमुख द्रोपती रानाले बताएकी छिन्।

Facebook Comments Box