कञ्चनपुर: कृष्णपुरको गुलरियामा ‘स्टार स्केटिङ हाउस’ आजबाट संचालनमा आएको छ। कृष्णपुर नगरपालिका-५ गुलरिया चोकमा ‘स्टार स्केटिङ हाउस’ सञ्चालनमा आएको हो। ‘स्टार स्केटिङ हाउस’ को कृष्णपुरका नगर प्रमुख(मेयर) हेम राज ओझाले उद्घाटन गरेका छन्।



१५ लाख बढीको लागतमा ‘स्टार स्केटिङ हाउस’ सञ्चालन मा ल्याईएको सञ्चालक दिनेश खडकाले बताएका छन्।उनले पछिल्लो समय बालबालिकामा मोबाईल हेर्ने बानी बढ्दै गएको र युवाहरु पनि विभिन्न किसिमको कुलतहरूमा फसेकाले उनीहरुलाई खेल संगै मनोरञ्जन तर्फ आकर्षित गर्नका लागि साथै युवाहरुमा पछिल्लो समय रोजाईमा रहेको स्केटिङ संचालनमा ल्याईएको सञ्चालकले बताएका छन्। स्केटिङ एउटा साहसी खेल तर अरु खेलभन्दा गाह्रो हुने भएकाले सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामाग्रीको ब्यबस्था गरिएको समेत सञ्चालकले बताएका छन्।

स्टार स्केटिङ हाउसमा स्केटिङ खेल्नका लागि १ घण्टाको रु १ सय ५० टिकट दर तोकिएको छ। नगरपालिका मै पहिलो पटक युवाहरुमाझ लोकप्रिय रहेको स्केटिङ खेल सञ्चालनमा ल्याईएकोमा आफू खुशी रहेको साथै स्केटिङ खेल सिकाएर उत्कृष्ट खेलाडीहरूलाई देशभित्र र देश बाहिरका विभिन्न प्रतियोगिताहरूमा सहभागी गराउने सकिने समेत मेयर ओझाले बताएका छन्। उद्घाटन समारोहमा कृष्णपुर-५ का वडा अध्यक्ष टेक पाण्डेय र कृष्णपुर-७ का वडा अध्यक्ष घुम्मन रानाको समेत उपस्थिति रहेको थियो।