गुलरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिकाको शैक्षिक सुधारका निम्ति सामुदायिक विद्यालयलाई ICT सामाग्री वितरण गरेको छ। आज बिहीवार नगरपालिकाले एक कार्यक्रम गर्दै नगर भित्र रहेको (सबै) ३३ वटै सामुदायिक विद्यालयलाई आई.सि.टी सामाग्री वितरण गरेको छ।
आ.व २०८०/८१ मा संघीय र प्रदेश सरकारको शसर्त तर्फ विशेष अनुदान अन्तर्गत ICT मा आधारित सिकाई क्रियाकलाप सञ्चालनका लागि पुर्वधारको विकास शिर्षकबाट ICT सामाग्री ई.विड मार्फत खरिद गरिएको, ७५ लाख १७ हजार ९० मा खरिद ठेक्का खोलिएकोमा दिपेश ईन्फोसिस धनगढीले ५२ लाख ५५ हजार ७ सय ७६ मा ठेक्का पारी सामाग्री खरिद गरेको नगरपालिकाले जनाएको छ। जसमा LED Smart TV ३८ थान, i3 कम्प्युटर SSD UPS १७ थान, प्रोजेक्टर ३ थान, कलर प्रिन्टर ३ थान, Black & White प्रिन्टर १७ थान, BT स्पिकर १ थान खरिद गरिएको छ। कृष्णपुरका ३३ सामुदायिक विद्यालय र ४ बालबालिका केन्द्र गरि जम्मा ३७ विद्यालयमा LED Smart TV वितरण गरिएको छ। शिक्षकहरूलाई प्रविधि सम्बन्धि तालिम दिन नगरपालिकाको मोनिटरिङ कक्ष मा १ LED Smart TV, १ प्रोजेक्टर र १ BT Speaker राखिएको छ। कृष्णपुरको शिक्षा अब प्रविधि मैत्री बनाउन सामाग्री दिईएको नगरपालिकाले जनाएको छ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाले विशेष चासो राखेको, विद्यार्थीहरुको प्रविधि मैत्री सिकाईका लागि ICT सामाग्रीले थप सहज हुने कृष्ण माध्यमिक विद्यालय कृष्णपुर ४ गुलरिया का प्रधानाध्यापक चन्द्रदेव जोशीले बताएका छन्।
नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत ECD कक्षाका विद्यार्थीहरुको सहजताका लागि ICT सामाग्री वितरण गरेको साथै विद्यालयका शिक्षकशिक्षिकाहरुलाई प्रविधी सम्बन्धि तालिम पनि दिईने जसले गर्दा बालबालिकाको सिकाईमा सुधार हुने सुचना प्रविधि अधिकृत मदन राज पाण्डेयले बताएका छन्।
बालबिकास केन्द्रहरुमा प्रविधी मैत्री शिक्षण सिकाईका लागि प्रत्येक विद्यालयलाई एउटा एउटा LED Smart टि.भि वितरण गरेको बेलाबेलामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर का लागि अनुगमन, तालिम हुनेगरेको शिक्षा शाखा प्रमुख अनुता ठगुन्नाले बताएकी छिन्।
कृष्णपुर नगरपालिका का ECD मा अध्यनरत बालबालिकाहरुको थप शैक्षिक सुधारका लागि नगरपालिकाले स्मार्ट टि.भि लगायतका प्रविधि मैत्री सामाग्री उपलब्ध गराएको, सबै विद्यालयमा ईन्टरनेटको पहुच पुर्याएको ईन्टरनेटका माध्यम बाट सिकाउन आरम्भ गरेको र बालबिकासमा अध्यनरत विद्यार्थीहरुको पढाईमा रुचि बढाउनका लागि ICT सामाग्री हस्तान्तरण गरिएको कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन्।