गुलरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्य शुभारम्भ गरिएको छ। आज आईतवार एक कार्यक्रम आयोजना गर्दै नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्यको शुभारम्भ गरेको छ।
कृष्णपुरका नगरप्रमुख हेम राज ओझाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कञ्चनपुरका सहायक जिल्ला प्रशासन अधिकारी पर्शुराम पोखरेल को प्रमुख अतिथी, कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, प्रत्येक वडाका वडा अध्यक्षहरु, कर्मचारी, स्थानीय नगरबासीको उपस्थिति रहेको थियो।

कृष्णपुरमा १६ हजार ४ सय राष्ट्रिय परिचय पत्र तयार भएर आएको साथै कृष्णपुरको वडा नं. ४ बाट वितरण कार्य सुरु गरिने र अन्य वडामा समेत वितरण गरिने नगर प्रमुख हेम राज ओझाले बताएका छन्।